
Pbu
Sgr
Ggp
pku
Unsku
Srbpu
Rgp1
Rgp
Lnp

Pvg
Sls
Bbu
Ksm
Hal
Rsb
Asm
nsb
Ssm
Rgs
Tsm
Ggd
Rgu
Vor
Rgu
Gst
Bbbpu
Wsp
Sbs

Rpp
Jmb
sab
Bml
Abd
Rmb
Pls
Gsb
bbt
Syp
Jmb
Mks
Ptm
काठमाडौँ । आज देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुसीयालीमा इस्लाम समुदायले इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
त्यस्तै चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । इद उल फित्रका अवसरमा आज मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुसीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।
इद उल फित्रमा दीनदुःखी एवं गरिबलाई दान दिने, आज नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठुलाबडासँग आशीर्वाद लिने दिने एवं आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खुवाउने चलन रहेको छ । रमदान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ । आज इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।
यस्तै आज काठमाडौंको जामे मस्जिद एवं देशका विभिन्न स्थानमा रहेका इदगाहमा धार्मिक ग्रन्थ कुरान पाठ गर्ने प्रचलन छ । इद उल फित्रका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायतले इस्लाम समुदायमा शुख, शान्ति,प्रगती र संमृद्धिको कामना गर्दै धर्मावलम्बीलाई शुभकामना व्यक्त समेत गरेका छन् ।
