
Srbpu
Sgr
Rgp1
pku
Ggp
Pbu
Unsku
Lnp
Rgp

Sls
Hal
Bbbpu
nsb
Rgu
Rgu
Pvg
Wsp
Sbs
Ssm
Tsm
Gst
Rsb
Rgs
Bbu
Vor
Ksm
Asm
Ggd

bbt
Rmb
Pls
Ptm
Jmb
Rpp
Mks
Gsb
Bml
Syp
Abd
sab
Jmb
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफूले प्राप्त गर्ने सेवा सुविधा बापतको रकमबाट पालिकाका एक अति विपन्न परिवारलाई बाख्राकाे बीउ बाेका प्रदान गरेका छन् ।
पालिकाको वडा नम्बर १ खर्क निवासी अतिविपन्न कृष्णबहादुर राना मगरलाई उक्त बाेका प्रदान गरेका हुन् । अध्यक्ष विष्ट मंगलबार जनताहरुको समस्याहरु बुझ्न खर्क गाउँ पुगेका थिए । साेही बेला रानाले आफूसँग केही माउ बाख्रा भएको तर बीउ बाेका आवश्यक परेको बताएपछि पालिकाका अध्यक्ष विष्टले बुधबार नै बाेका प्रदान गरेका हुन् । जङ्गलकाे नजिकै रहेको खर्क गाउँमा बाख्रापालनकाे राम्रो सम्भावना रहेकाे छ।
अध्यक्ष विष्टले आफू गाउँपालिकाकाे अध्यक्ष पदमा निर्वाचित भएदेखि नै गाउँपालिकाबाट प्राप्त गर्ने सेवा सुविधा बाफतकाे रकमबाट अति विपन्न नागरिकहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
