
Pbu
Rgp1
Sgr
pku
Srbpu
Lnp
Unsku
Rgp
Ggp

Ggd
Rgu
Rsb
Wsp
Sbs
Hal
nsb
Gst
Rgu
Ssm
Pvg
Bbu
Sls
Bbbpu
Ksm
Tsm
Asm
Rgs
Vor

Syp
sab
Jmb
Ptm
bbt
Abd
Rpp
Pls
Gsb
Rmb
Jmb
Mks
Bml
दाङ । नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
दाङको तुलसीपुरदेखि-कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २३ बर्षीय सौगात वलीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार घोराही उपमहानगरपालिका – १७ सिस्ने खोलाको ओरालोमा राति पौने ९ बजे मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते वलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।
त्यस्तै मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका– ११ बेलगनारका ३५ बर्षीय शरद लामिछाने घाइते छन्। उनको घोराहीमा उपचार जारी रहेको छ भने बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
