
Sgr
Rgp1
Unsku
Pbu
Srbpu
Ggp
pku
Lnp
Rgp

nsb
Ggd
Rsb
Sls
Asm
Pvg
Bbbpu
Ssm
Gst
Hal
Vor
Rgu
Bbu
Rgu
Rgs
Ksm
Tsm
Wsp
Sbs

sab
bbt
Jmb
Bml
Ptm
Pls
Rmb
Rpp
Abd
Gsb
Syp
Jmb
Mks
दाङ । देउखुरी राप्ती गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समितिको बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा सम्पन्न भएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले सुख्खा मौसम सुरु भएसँगै विपद जन्य विभिन्न प्रकृतिका घटनाहरु हुने हुदा त्यसबाट बच्न पालिका भित्र रहेका सम्पूर्ण सरोकारवाला निकायहरुलाई पूर्व तयारीमा जुटन आग्रह गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले पछिल्लो केही दिन यता विभिन्न वडाका सामुदायिक वनहरुमा आगलागीका घट्नाहरु बढी रहेकाले त्यसलाई तत्काल नियन्त्रण गर्न पहल गर्ने र थप आगलागी हुन नदिनका लागि अग्नि रेखा निर्माण गर्ने तथा समुदाय स्तरमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेकाे छ ।
बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,विभिन्न वडाका वडा अध्यक्षहरु,गाउँपालिका अन्तर्गत रहेका सामुदायिक वनका अध्यक्ष ,सुरक्षा निकायका प्रमुख ,रेडक्रसका प्रतिनिधि ,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रमकाे सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीले गरेका थिए ।
