तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका मंगलबार, चैत्र २७, २०८०

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले राेल्पाकाे त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि सहितको भ्रमण टाेलीलाई साेमबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा स्वागत गरेका छन् ।

कृषि तथा पाेषण सम्बन्धि विषयमा पाल्पा र गुल्मी जिल्लाको विभिन्न स्थानकाे तीन दिने अवलोकन भ्रमण सकेर गृह जिल्ला राेल्पा फर्कदै गर्दा उनीहरुलाई पालिकामा स्वागत गरिएको हाे।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी र त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठा मगर बीच स्थानीय सरकार सञ्चालन गर्दाका अनुभवहरु आदानप्रदान गरेका थिए ।

त्यस्तै उनीहरुले आआफ्नो गाउँपालिकामा भए गरेका असल कामहरुकाे बारेमा जानकारी गराउदै त्यस्ता कामहरुकाे एकअर्कामा सिकाे गर्न आवश्यक रहेको बताए ।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चाैधरी ,त्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा भ्रमण टाेलीका प्रमुख कर्ण बहादुर बाठा मगर लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुकाे सहभागीता रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]