
Pbu
Lnp
Rgp1
Sgr
Srbpu
Unsku
Ggp
pku
Rgp

Rgu
nsb
Tsm
Asm
Vor
Rgu
Rsb
Sbs
Hal
Pvg
Bbbpu
Rgs
Wsp
Bbu
Ssm
Gst
Sls
Ggd
Ksm

Rpp
Bml
Ptm
Syp
Jmb
Gsb
Rmb
sab
Pls
Jmb
bbt
Abd
Mks
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक महिनाको अवधिमा शिक्षा क्षेत्रमा सुधारको प्रयास सुरु गरिएको बताएकी छिन् ।
एक महिना कार्यालय पुरा भएसंगै अहिलेसम्मका उपलब्धि र भावी योजनाबारे जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पाठ्यक्रमको गुणस्तरदेखि विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनेसम्मका काम भएको जानकारी दिएकि छिन् ।
त्यस्तै उनले शिक्षा क्षेत्रलाई राजनीतिक मुक्त बनाउनका लागि कार्यदल बनाएर काम भइरहेको बताएकी छिन । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गर्ने गरि कानून बनाउन आफुले आग्रह पनि गरेको उनले बताईन । मन्त्री श्रेष्ठले अन्य मन्त्रालयमा चाहिने मानव श्रोतका बारेमा जानकारी लिएको र प्रशिक्षार्थीसम्बन्धी कार्यविधि स्वीकृत गरिरहेको जिकिर गरेकि छिन् ।
यस्तै उनले मन्त्रालयलाई पूर्णरुपमा डिजिटल बनाइएको र मन्त्रालयमा फाइल अड्कने समस्या समधान गर्न डिजिटल हस्ताक्ष सुरु गरिसकेको बताईन । उनले विद्यालय शिक्षा विधेयकलाई छिटै अघि बढ्ने विश्वास व्यक्त गर्दै बिभिन्न मापदण्डहरु पनि छलफलका क्रममा रहेको उल्लेख गरेकी छिन । तीनै तहको सरकारबीच समन्वय गर्दै राष्ट्रिय मापदण्डअनुसार काम गर्न आफुले अनुरोध गरेको उनको भनाइ छ । उनले सामूदायिक विद्यालयहरुमा आवश्यकता अनुसार लगानी गर्ने भन्दै त्यस अनुसारको नजिता नआए कारवाही गर्ने धारणा राखेकि छिन् । उनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउने र त्यसका लागि अध्ययन गरिने जानकारी दिएकी छिन् ।
