
Gsbr-6
Rksr-7
Gsbg-3
Msbg-2
ksbl-7
Usbl-7
Jsbg-7
Pbu
Jsbr-3
Csbg-7


दाङ । नेपाली कांग्रेसका लम्बिनी प्रदेश सभापती अम्मर सिँह पुनले काँग्रेसलाई समस्या परे देशको ब्यबस्थामा खतरा हुने बताएका छन । हालसम्म देशको परिबर्तनका लागि आएको ब्यबस्था काँग्रेसकै कारण आएको त्यो ब्यबस्था नरहे देशनै खतरामा जाने सँकेत गरे ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले आयोजना गरेको दोस्रो प्रदेश सभा क्षेत्रिय सम्मेलनमा सभापती पुनले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुनले हालसम्म देशमा भएका परिबर्तन र बिकाश नेपाली काँग्रेसका कारणले भएको जिकिर गरे । सत्ताका लागि अन्यदल सँग गठबन्धन गरिरहनु भन्दापनि काँग्रेस भित्रै गठबन्धन गरिनुपर्ने आबस्यक्ता रहेको उनले बताए । “सत्ताका लागि किन गठबन्धन गर्नु, काँग्रेस त्यसैपनि ठूलो दल हो सभापती पुनले भने-अन्य दलसँग भन्दापनि काँग्रेसभित्रै गठबन्धन गर्न जरुरी छ, हामी मिलौ अनि हेरौ, कसरी ठूलो दल हुदैनौ!”
सकारात्मक सोचसँगै आफैमा को ठूलो भन्दापनि के गर्ने भन्ने बिषयमा बढि जिम्बेवार बन्दै टोलटोलबाट विशेष छलफल गरि निस्कर्षमा जानुपर्ने बताए । अन्य दलजस्ता उरेन्ठेउला कुरा गर्ने काँग्रेसमा परिपाटी नभएको बताउँदै उनले कार्यक्रममा युवाहरुको सहभागिता शून्य भएकोमा चिन्ता ब्यक्त गर्दै युवालाई समेट्न सबै लागिपर्न अनुरोध गरे ।
जनप्रतिनिधीको आँशिक उपस्थिती देख्दा उनले केही जनप्रतिनीधी गमक्क पर्ने र पार्टीको कार्यक्रममा मर्यादा क्रममा तल्लो स्तर हुने सोचाईले पनि पार्टीको कार्यक्रममा जनप्रतिनिधी उपस्थित नहुने आफुले पाएको बताए । त्यही पार्टीले टिकेट दिएर चुनाब जितेका जनप्रतिनिधी गमक्क पर्नुहुन्छ,टिकेट माग्दा खुट्टा नै छुनेजस्तो गर्नुहुन्थ्यो तर पार्टीको कार्यक्रममा उपस्थित हुने फुर्सद छैन उहाँहरुलाई उनले भने । जनप्रतिनिधीले पार्टीलाई सल्लाह पनि दिने र सल्लाह लिनपनि ईच्छुक हुनुपर्ने धारणा राख्दै उनले दाङ काँग्रेसको उर्बरा भुमी भएपनि केही ठुला पालिका गुमाउदा पीडा थपिएको बताए ।
काँग्रेसभित्रै आन्तरिक समस्या हरु छन, त्पसको निकाश खोजौ, को बलियो भन्दापनि पार्टी सबैको हो भन्ने धारणा सहित मेलमिलाप गरि अघि बढौ सभापती पुनले भने । सत्ता समिकरण फेरबेदल भएकोमा निरास नभई सँगठन बिस्तार र पार्टीप्रति सधै बफादार बन्न उनले निर्देशन गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले सम्मान आफै खोज्ने र पदलाई स्विकार्न नसक्दा काँग्रेसमा बिचलन आएको बताईन । कार्यक्रमकि विशिष्ट अतिथी समेत रहेकी बिकले काम भएन मात्रै भन्ने हामीले समन्वय पनि गर्न सक्नुपर्ने र गरेका कामको खुलेर प्रचार गर्नुपर्ने बताईन । ‘हामीले काम भएन मात्रै भन्छौ,त्यसको लागि समन्वय हुनुपर्यो नि साँसद बिकले भनिन्-जनप्रतिनिधीलाई ब्यक्तिको रुपमा हेरिदा आगोमा घ्यु थपिएको छ ।’ धेरै कामगर्ने हुटहुटी आफुमा रहेको बताउँदै उनले समन्वय गरि काम गर्नुपर्ने धारणा राखिन ।
प्रदेश सभा ख का सदस्य कुमार घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेस लमही नगरपालिका-८ का वडा सभापती यादब नाथ योगी, घोराही-३ का सभापती शरद बुढाथोकी, लमही नगर सभापती सन्तोष बुढाथोकी, महासमिती प्रतिनिधि तथा राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देबी यादब,महाधिबेसन प्रतिनिधि मधु न्यौपाने, महासमिती सदस्यहरु गिरिजादेबी न्यौपाने, कर्ण बहादुर बुढाथोकी,नेपाली काँग्रेस दाङ जिल्ला सचिब अर्जुन योगी लगायतले नेताहरु बस्तीबस्तीमा उपस्थित भएर सँगठन बिस्तार गर्दै काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सभापती दिनेश गिरीको शभापतित्वमा भएको कार्यक्रममा बार्षिक प्रगती प्रतिबेदन सचिब लालबिर लालबिर खड्काले प्रस्तुत गरेका थिए । त्यस्तै आर्थिक प्रतिबेदन प्रदेश प्रतिनिधी बिना न्यौपानेले प्रस्तुत गरेकी थिईन । प्रदेश सभा समितीका सदस्य हल्लुप्रसाद चौधरीले धन्यबाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिब लालबिर खड्काले गरेका थिए ।
