
Rgp1
Lnp
Pbu
Sgr
Srbpu
pku
Unsku
Rgp
Ggp

Tsm
Bbu
Sls
Bbbpu
Wsp
Asm
Gst
nsb
Rgu
Rgs
Ggd
Pvg
Hal
Rgu
Sbs
Ssm
Rsb
Ksm
Vor

Bml
Abd
Pls
bbt
Ptm
Mks
Syp
Rmb
Gsb
Jmb
sab
Jmb
Rpp
पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पदमा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
१९ वर्षीय सुनारलाई मङ्गलवार हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सोही वडाको लप्सीखोला बस्ने सागर भनिने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
एक आपसमा झगडा भएपछि युवतीले प्रतिकार गर्दा सार्कीले हँसिया प्रहार गरी उनको हत्या गरेको पाल्पा जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए । चन्दले उनीहरूबिच के विषयमा विवाद भएको भन्ने अझै नखुलेको बताए।
त्यस्तै सुनार मंगलबार खोलामा नुहाउन र कपडा धुन गएका बेला आक्रमण भएको उनकाे भनाइ छ । पदमा,टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्।
त्यस्तै उनी स्थानीय शारदा मावि कक्षा १२ मा पढ्ने विद्यार्थी हुन्। प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई अनुसन्धान सुरु गरेको छ ।
