प्रिया स्मृति गजमेर/लमही शुक्रबार, चैत्र १६, २०८०

दाङ । सवारी दुर्घटनामा ज्यान गुमाएका लमही नगरपालिका –७ कमानपुर निवासी विष्णु बहादुर थापाका ८ वर्षिया छोरी रोजिका र ५ वर्षिय छोरा विपिन थापालाई स्टेसनरीका सामान हस्तान्तरण गरिएको छ ।

लमही बजारका पुस्तक व्यवसायीद्वारा उपलब्ध गराइएको ती सामाग्री बुधबार लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले मृतक थापाको घरमै पुगेर प्रदान गरेका हुन् । “नगरपालिका भित्र हुने कुनै पनि घटना अथवा कार्यक्रमहरुमा सहयोग प्रदान गर्दा नगरपालिका मार्फत एकद्वार प्रणालीमा वितरण गर्ने भन्ने छ सोही अनुरुप व्यवसायीबाट उपलब्ध भएका सामाग्री प्रदान गरेका हौ”–उपप्रमुख योगीले भने ।

ति नानीबाबुलाई कापी,कलमदेखि लिएर उनीहरुलाई नि:शुल्क उच्च शिक्षा अध्ययन गर्नका लागि समेत नगरपालिकाले पहल थालेको छ, आगामी नयाँ शैक्षिकसत्रमा उनीहरुलाई विद्यालयमा भर्ना गरिने छ’– उपप्रमुख योगीले बताए ।

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालद्वारा दुईवटा झोला, एरिका पुस्तक पसल, देउखुरी पुस्तक पसल, सत्यसाई बुक्स, रावल पुस्तक पसल र शारदा पुस्तकबाट ती दुई बालबालिकालाई एक वर्षसम्म पुग्ने गरि चार हजार नौ सय रुपैयाँ बराबरको कापी, पेन्सिल, कटर र इरेजर उपलब्ध भएको थियो ।

मृतक थापा लमही नगरपालिका –७ कमानपुर निवासी विष्णु बहादुर थापाको गत फागुन २५ गते लमहीबाट कमानपुरतर्फ जाँदै गर्दा लमहीको अर्जुन खोलामा स्कार्पियोले ठक्कर दिंदा गम्भिर घाईते भएका थिए । दुर्घटनामा गम्भिर घाईते भएका थापाको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]