आलोक भावुक/गढवा शुक्रबार, चैत्र १६, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा एक महिने होजियारी स्तरोन्नति तालिम बिहिवारदेखी सुरु भएको छ ।

वडा नम्बर ७ का सचिव शिव चरन चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा एक महिने तालिम उद्घाटन गरिएको हो ।

होजियारी स्तरोन्नती तालिममा गढवा गाउँपालिका वडा नम्बर ७ का १६ जना महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै गढवा प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सिप सिकेर आत्म निर्भर नबनेसम्म तालिमको उद्देश्य पुरा नहुने बताएका छन् ।एक महिने तालिम पश्चाम माग अनुसारको काम गर्नुपर्ने बताए । इच्छा शक्ति भए कुनैपनि काम असम्भव नरहने भन्दै स्तरोन्नती तालिम पश्चात एक उत्कृष्ट व्यवसायी बन्ने हिसावले तालिम सिक्नु पर्ने बताए । महिला दिदिबहिनीहरु आत्मनिर्भर नबने सम्म महिला महिला शसक्तिकरण नहुने बताए । सीपमूलक तालिम दिएर पालिकाबासी महिला दिदिबहिनी हरुलाई आत्मनिर्भरताको बाटोमा लाग्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको उपाध्यक्ष चौधरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै होजियारी प्रशिक्षक सिता चौधरीले एक महिनामा व्यवसाय गर्न लायकको दक्ष जनशक्ति तयार गर्न आफु लागिपर्ने बताए । आफ्नो उद्देश्य हरेक ठाउँमा दक्ष जनशक्ति अर्थात होजियारी तालिम सञ्चालन गर्न सक्ने व्यक्ती बनाउने गरि तालिम दिईने बताए ।त्यस्तै तालिमको उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक, नन्द आचार्य लगायतकाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]