
Rgp
Sgr
Srbpu
Lnp
Unsku
pku
Ggp
Rgp1
Pbu

Bbu
Pvg
Bbbpu
Rsb
Sls
Sbs
Ggd
Vor
Asm
Ksm
Tsm
Ssm
nsb
Rgu
Wsp
Rgu
Hal
Rgs
Gst

Gsb
Rpp
Mks
Ptm
Rmb
Syp
Bml
Abd
sab
Jmb
Jmb
Pls
bbt
काठमाडौं । ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले आज बिहान पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।
त्यस्तै प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
यस्तै प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरु ८ व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
