
Srbpu
Sgr
Rgp
Pbu
Unsku
Rgp1
Lnp
pku
Ggp

Bbu
Vor
Tsm
Hal
Rsb
nsb
Bbbpu
Ggd
Gst
Sls
Rgu
Ssm
Ksm
Sbs
Rgs
Asm
Pvg
Rgu
Wsp

Syp
Rmb
sab
Ptm
Jmb
Abd
Pls
Mks
Bml
Jmb
Gsb
bbt
Rpp
दाङ । विश्व क्षयरोग दिवसको अवसरमा गढवामा फलफूल वितरण गरिएको छ ।
हो हामीले क्षयरोग अन्त्य गर्छौ भन्ने मूल नाराका साथ गढवा स्वास्थ्य चौकीले विश्व क्षयरोग दिवस मनाएको छ । गढवा स्वास्थ्य चौकीबाट नियमित रुपमा टिबिको औषधी खाइरहेका १४ जना विरामीहरुलाई फलफूल वितरण तथा स्वास्थ्य चेकजाँच गरिएको गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गढवा स्वास्थ्य चौकीका सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर आले मगरले क्षयरोगमुक्त पालिका बनाउने लक्ष्य भएकोले परीक्षणको दायरा पनि बढाउनु पर्ने बताए । क्षयरोग सङ्क्रमण रोक्न सबै प्रकारका प्रयास गर्नुपर्ने र जनतामा सचेतना अभियान सञ्चालन गर्नुपर्ने अध्यक्ष आले मगरले बताए ।
हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउदै आइएको छ ।नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएपनि अझै पनि क्षय रोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो छ । नेपालमा एक वर्षमा मात्रै ७० हजारभन्दा बढी बिरामी थपिएको अध्ययनले देखाएको छ।
नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएपनि अझै पनि क्षय रोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएका छन् । क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेकाे छ । लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगकाे हुनसक्ने चिकित्सकहरु बताउँछन् ।नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ।
टिबी मुक्त गढवा गाउँपालिका कार्यक्रमका कार्यक्रम संयोजक स्वेच्छा रोकाया, स्वास्थ्य चौकीका कर्मचारीहरुको सहभागिता रहेको थियो।
गढवा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बिर बहादुर आले मगरको अध्यक्षता भएको कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थीयो भने कार्यक्रमको सञ्चालन गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले गरेका थिए ।

