
Ggp
Srbpu
Sgr
Pbu
Rgp1
Lnp
Unsku
pku
Rgp

Rgu
Wsp
Bbbpu
Rgu
Hal
Bbu
Tsm
Sls
Gst
Rgs
Ggd
Rsb
Asm
Ssm
nsb
Ksm
Sbs
Pvg
Vor

Rpp
Abd
Bml
Jmb
sab
Gsb
Syp
bbt
Jmb
Mks
Pls
Ptm
Rmb
दाङ । देउखुरीको गढवा उद्याेग बाणिज्य संघले हाेलि पर्वकाे अवसर पारि शनिबार हाेलि मिलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
संघका अध्यक्ष ओम प्रकाश बसेलकाे अध्यक्षता एवम् संस्थापक अध्यक्ष युवराज पाेख्रेलकाे प्रमुख आथित्यतामा हाेलि मिलन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा घैटाफाेड प्रतियोगिता र चकलेट दाैड प्रतियाेगिता समेत आयाेजना गरिएकाे थियाे ।
घैटाफाेड प्रतियाेगितामा युवराज आचार्य बिजेता भएका थिए भने चकलेट दाैड प्रतियाेगितामा चिन्ता प्रसाद पाेख्रेल प्रथम, मधा न्याैपाने दाेस्राे र शरद रिजालले तेस्राे स्थान प्राप्त गरेका थिए । बिजेतालाई नगद तथा आकर्षण पुरूस्कार प्रदान गरिएकाे थियाे । पुरस्कारकाे ब्यबस्था लक्ष्मि चाउमिन उद्याेग गढवा तथा खनाल लिकर्सबाट ब्यबस्थापन गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै संघका अध्यक्ष बसेलले सामाजिक सदभाव कायम गर्ने रंगहरूकाे पर्व हाेलि भएकाले सामाजिक सद्भाव कायम गर्दै हर्षाेल्लासका साथ पर्व मनाउनु पर्ने बताए । हाेलिलाई रंगमय बनाउनु पर्ने बताउदै अध्यक्ष बसेलले सबैसँग भेटघाट हुने, बिचारहरू आदानप्रदान हुने,शुभकामना आदानप्रदान हाेस् भनी कार्यक्रमकाे आयाेजना गरिएको थियोे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि पाेख्रेलले यस्ता कार्यक्रमहरू निरन्तर गर्नुपर्ने बताउदै, हाेलि पर्वकाे अवसरमा प्रतियाेगितात्मक कार्यक्रम लगायतका कार्यक्रम गरेर सबै एकजुट हुने अवसर प्रदान गरेकाेमा आयाेजकलाई विशेष धन्यवाद ब्यक्त गरे ।
कार्यक्रमा निवर्तमान अध्यक्ष खिम बहादुर बुढा, पुर्व अध्यक्ष रबिलाल आचार्य,निवर्तमान सल्लाहकार उमाकान्त पन्त,शुसिला भुषाल,गढवा हाेटल ब्यबसायि संघका अध्यक्ष राम बहादुर थापा लगायतले शुभकामना मन्तब्य रारेका ह ।
अनाैपचारिक सास्कृतिक कार्यक्रम समेत रहेकाे हाेलि मिलन कार्यक्रमकाे सहजिकरण संघका प्रेस सल्लाहकार शिवराज पन्थीले गरेका थिए ।
