
Unsku
Sgr
Rgp
pku
Pbu
Srbpu
Lnp
Ggp
Rgp1

Asm
Vor
Pvg
Gst
Ssm
Sbs
Rgu
Rsb
Hal
nsb
Wsp
Ksm
Tsm
Rgu
Bbbpu
Sls
Ggd
Bbu
Rgs

Gsb
Pls
Bml
Jmb
Ptm
Mks
bbt
Abd
sab
Jmb
Syp
Rmb
Rpp
दाङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले देशैभर बित्तिय साक्षरता तथा सचेतना अभिबृद्वी कार्यक्रम गरिरहेको छ ।
बैँकले ‘ग्लोबल मोनी साप्ताहिक’ को अबसरमा विभिन्न बिद्यालय तथा क्याम्पसहरुमा साक्षरता सम्बन्धी सचेतना कार्यक्रम गरिरहेको हो । देउखुरी स्थित साँग्रिला बैँक ब्रान्चहरुले पनि शुक्रबार देउखुरी बहुमुखी क्याम्पसमा बित्तिय साक्षरता तथा सचेतना कार्यक्रम गरेका छन ।
देउखुरीका लमही, गढवा र भालुबाङ ब्रान्चको सँयुक्त आयोजनामा ‘आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ’ भन्ने विश्वब्यापी नारालाई आत्मसाथ गर्दै कार्यक्रम गरिएको गढवा शाखाका प्रबन्धक तेजबहादुर नेपालीले बताए ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा बिद्यार्थीहरुलाई बैँक कारोबार, बचत गर्ने तरिका, अपराध, कर्जा लगायत सम्बन्धी जानकारी गराउँदै सचेत गराईएको थियो । गढवा शाखाका प्रबन्धक तेज बहादुर नेपालीले सहजिकरण गरेको कार्यक्रममा १ सय २० जना विद्यार्थी सहभागी थिए ।
कर्जा बिभागका कर्मचारी गढवाका कर्जा प्रमुख देब नारायण चौधरी, लमही शाखाका कर्जा प्रमुख सैलेज चौधरी, लमही शाखाका कर्जा बिभागका कर्मचारी निना अधिकारी र मोहन सुवेदीले सचेतना जगाएका थिए ।
त्यस्तै कार्यक्रमको सञ्चालन लमही शाखा प्रमुख बलदेब धितालले गरेका हुन । अन्य बैँकहरुले पनि देशैभर साक्षरता तथा सचेतना कार्यक्रम गरिरहेका छन ।
