
Rgp
Srbpu
sbs
Ggp
Sgr
Pbu
Lnp
pku
Pes
Djs
Unsku
Rgp1
cjs
Gfs

Vor
Sbs
Bbbpu
Ksm
Pvg
Tsm
nsb
Asm
Bbu
Gst
Rgu
Hal
Rsb
Rgs
Wsp
Sls
Ggd
Rgu
Ssm

Bml
Abd
Rmb
Jmb
Rpp
Jmb
Pls
Syp
Mks
Ptm
sab
bbt
Gsb
दाङ । देउखुरीकाे राप्ती गाउँपलिका द्वारा सञ्चालन गरिएको “जेष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम अन्तर्गत शुक्रबार वडा नम्बर २ लालमटियामा विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा ६६ महिला र ५४ पुरुष गरि १ सय २० जना जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदम प्रसाद पाैडेलले जानकारी दिए ।
शिविरमा ६० वर्ष देखि माथि उमेरका जेष्ठ नागरिकहरुकाे स्वास्थ्य परिक्षण गरिएको थियो । साे अवसरमा ८५ जनाकाे मधुमेह समेत जाँच गरिएको थियो । शिविरमा स्वास्थ्य सेवा लिन आएका मध्ये धेरै जसाे मधुमेह,उच्च रक्तचाप र दमका बिरामीहरु रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी जानकारी दिए ।
स्वास्थ्य चेकजाँच गराएका बिरामीहरु लाई नि:शुल्क औंषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य सेवाको पहुच बाट टाढा रहेका जेष्ठ नागरिकहरुलाई गाउँघरमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले साे कार्यक्रम सञ्चालन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै उपाध्यक्ष कमलापती चाैधरीले जेष्ठ नागरिकहरुकाे लागि उक्त कार्यक्रम निकै प्रभावकारी रहेको बताए ।
शिविरमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख एमडिजिपी डाक्टर उमाकान्त तिवारी , सिसहनियाँ स्वास्थ्य चाैकीका डाक्टर शमशेर अली, हेल्थ असिस्टेन्ट पदम प्रसाद पाैडेल,सिनियर अनमी रामा पाैडेल,सिनियर अहेब कमला न्याैपाने,अहेब शिव कुमार चाैधरी,स्वास्थ्यकर्मी लक्ष्मी पाैडेल, ल्याब असिस्टेन्ट मनपुरा बुढा मगर लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
वडा नम्बर १ मा गत चैत ३ नै उक्त शिविर सम्पन्न भइसकेको छ भने वडा नम्बर ३ मा चैत १० गते अर्थात भाेली शनिबार शिविर सञ्चालन गरिने राप्ती गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । शाखाका अनुसार शिविर गाउँपालिकाकाे ९ वटै वडाहरुमा क्रमश सञ्चालन गरिने छ।
