
Pbu
Unsku
Rgp1
Ggp
Rgp
Srbpu
Lnp
pku
Sgr

Asm
Gst
Sls
Rgu
Rgu
Wsp
Bbbpu
Rgs
Bbu
Ksm
Hal
Pvg
Ssm
Rsb
nsb
Ggd
Tsm
Vor
Sbs

Jmb
Bml
Abd
Syp
sab
Gsb
Rmb
bbt
Pls
Rpp
Ptm
Jmb
Mks
दाङ । सहकारी संस्थाका सञ्चालकहरुलाई लक्षित गरी आयोजना गरिएको ३ दिने सहकारी व्यवस्थापन तालिम शुक्रबार गढवामा सम्पन्न भएको छ ।
तिन दिनसम्म सञ्चालन भएको सहकारी व्यवस्थापन तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको थियो । तालिम सहकारीको वर्तमान समस्या, चुस्त लेखा व्यवस्थापन, सहकारीका ऐन नियमको बारेमा प्रशिक्षण दिईएको थियो।
तिनदिने सहकारी व्यवस्थापन तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले सहकारी सञ्चालनमा सहकारीका सञ्चालक र कर्चारीहरुको क्षमता वृद्धि गरी प्रभावकारिता बढाउनका लागि यस किसिमको तालिमले सहयोग पुग्ने बताए ।
सहकारीको मुख्य उदेश्य आफ्ना सदस्यहरुको आवश्यकता परिपुर्ति गर्नु भएको बताउदै प्रशिक्षक तथा सञ्जाल अध्यक्ष गहतराजले त्यसकोलागि सहकारीले उत्पादन मुलक, सीपमूलक र रोजगारी मुलक क्षेत्रमा लगानी गर्नु पर्ने सहकारीलाई सुदृष्ढ बनाउन सम्पूर्ण सदस्यहरुको दायित्व र जिम्मेवारी भएको लगायत विविध विषयमा प्रशिक्षण दिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले सागरको गहीराईमा नडुब्ने र डुबे हिरामोती लिएर फर्किने गरी हिम्मतका साथ अघि बढ्नु पर्ने बताए ।सहकारीको वर्तमान समस्या समाधानका लागि सबै सरकारी सञ्चालकहरुले निति नियम संगत अघि बढ्नु पर्नेमा जोड दिए । ३ दिन सम्म संचालित तालिममा संस्था संचालनका क्रममा आउने विभिन्न समस्या तथा चुनौतीहरुलाई समाधान गरी सदस्यहरुलाई प्रभावकारी सेवा सुविधा दिनका लागी यस तालिमको आयोजना गरिएको शाखा प्रमुख यादवले बताए ।
केही सहकारीका कारण सहकारीहरु प्रति जनविश्वास घट्दै गएको बताउदै यादवले सहकारीमा दायाँ बायाँ गरेर बिल भरपाई मिलाएर जोगिन्छ भन्ने कल्पना समेत नगर्न सबैलाई अनुरोध गरे । समापन कार्यक्रममा बोल्ने सहभागीहरुले तालिम उपलब्धि मुलक भएको बताएका थिए ।
गढवा गाउँपालिकाले बिभिन्न समयमा यसरी नै सहकारी व्यवस्थापन तालिम दिए सहकारी संस्थाहरुमा आईपर्ने समस्याहरुबाट छुटकारा मिल्ने बताएका थिए । तालिम चैत्र ७ गतेदेखि ९ गतेसम्म गढवा गाउँपालिकाको सभाहलमा सञ्चालन भएको थियो । तालिममा गढवामा क्रियाशील ३० वटा सहकारी संस्थाका सञ्चालकहरुको सहभागिता रहेको थियो।
तिनदिने सहकारी व्यवस्थापन तालिमको प्रशिक्षकहरुमा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादव, गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराज, रोजगार शाखाका सत्यपाल यादव रहनु भएको थियो । समापन कार्यक्रममा सहकारी शाखा प्रमुख अशाेक कुमार यादवको अध्यक्षता तथा सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । समापन कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका रोजगार शाखाका सत्यपाल यादवले गरेका थिए ।
