
Pbu
Rgp1
Rgp
Srbpu
Ggp
pku
Unsku
Lnp
Sgr

Rgs
Rgu
Rsb
Rgu
nsb
Bbbpu
Pvg
Asm
Ggd
Sls
Ksm
Bbu
Gst
Wsp
Ssm
Tsm
Vor
Hal
Sbs

Bml
Jmb
Pls
Abd
Syp
Mks
Gsb
Ptm
bbt
Rmb
Rpp
sab
Jmb
दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालद्वारा प्राप्त परियोजनाले एकबर्ष आठ महिनाको अवधीमा गरेका कामहरुका बारेमा सरोकारवालाहरुसंग प्रगतिहरुको समिक्षा गर्दै बिहिवार कार्यशाला सम्पन्न गरिएको छ ।
सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा समिक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष पोखे्रलले सामुदायिक पुस्तकालयले थोरै बजेटबाट धेरै कार्यक्रमहरु गरि यस क्षेत्रमै उदाहरणीय रहेको र गाउँपालिकासंग सधैव समन्वय सहकार्यमा कामगर्दै आएको बताए ।
त्यस्तै सबै संघसंस्थाहरुले एकै प्रकारका समुदायलाई लक्षित गरि कार्यक्रम गर्ने परिपाटीलाई सुधार गर्दै कार्यक्रमहरुको डुप्लीकेशनमा कमी गर्नुपर्ने र स्थानीय सरकारसंगको समन्वयमा आगामी बर्ष संघसंस्थाहरुका कार्यक्रमहरु पनि रातो किताबमा समावेश गरि कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताए । पालीकाले हेफर परियोजना संग साझेदारी गरि पशुपालन अन्तर्गत बाख्रा प्रवर्धन र बजारीकरणमा समेत नागरिकहरुलाई सहयोग गरेको उहाँले बताए ।
एयसबि जर्मनी र रिड नेपालको सहयोगमा सामुदायिक पुस्तकालयलाई प्राप्त सुदृढ जोखिम ब्यवस्थापन तथा समावेशी आर्थिक सामाजिक बिकास मार्फत समूदाय उत्थानशिलता अभिबृद्धि परियोजनाले संझौता अवधिको एकबर्ष आठ महिना भित्र गरेका कामहरुको प्रस्तुती पछि समिक्षात्मक छलफल र सुझव संकलन गरिएको हो ।
परियोजना मार्फत् स्थानीय सरकारसंगको समन्वय सहकार्यमा समुदाय तथा बिद्यालयहरुमा खानेपानी सरसफाई र स्वच्छता कार्यक्रम, बिपद् जोखिम न्यूनीकरण कार्यक्रम, जिविकोपार्जन तथा बित्तीय साक्षरता र जेष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिहरु र महिला तथा वालवालीकाहरुका लागि घरदैलो स्वास्थ्य परिक्षणका तिन दर्जन हाराहारीमा कार्यक्रमहरु सम्पन्न गरिएको कार्यशालामा पुस्तकालयका अध्यक्ष ओभा पाठकले जानकारी दिए ।
यसका साथै गढवा ६ का सबै बिद्यालयका २÷२ जना शिक्षकहरुलाई तट तालिम दिएर सबै बिद्यालयहरुका बिद्यार्थीहरु बिच यो कार्यक्रम लगिएको पुस्तकालयले जनाएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले परियोजना थप थर्न र स्थानीय सरकारबाट पनि बजेट बिनीयोजन गरि लक्षित वर्ग सम्म कार्यक्रमलाई अझै प्रभावकारीता दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आलेमगर, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक तथा दाङ जिल्ला अध्यक्ष रविलाल आचार्य, खाद्य अधिकार सञ्जाल गढवाका संयोजक उमाकान्त पन्त, इलाका प्रहरी प्रमुख नविन ओली, गढवा स्वास्थ्यचौकी प्रमुख सुर्यनारायण यादव, नागरिक समाज गढवाका उपसंयोजक खगेश्वर शर्मा, वन तथा वातावरण संस्थाका अध्यक्ष पुष्पा यादव, गढवा खानेपानी संस्थाका उपाध्यक्ष लिलाधर आचार्य र अपांगता संरक्षण समाज गढवाका अध्यक्ष भरत कुमार पन्त तथा लाभाग्राहीहरु लगायतले बोलेका थिए ।
कार्यक्रममा हालसम्म भए गरेका कामहरुका बारेमा पुस्तकालयका अध्यक्ष ओभा पाठकले प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण रिड नेपालका कार्यक्रम संयोजक कबिराम बाँठा मगरले गरेका थिए । उपाध्यक्ष नारायण प्रसाद पण्डितको स्वागत मन्तब्यबाट सुरु भएको कार्यशालाको संचालन सचिव शिबराज पन्थीले गरेका थिए ।

