
Pbu
Srbpu
Unsku
Sgr
Lnp
Rgp1
Rgp
Ggp
pku

Rgu
Pvg
Wsp
Asm
Sbs
Vor
Bbu
Rgu
nsb
Ssm
Rgs
Ggd
Rsb
Tsm
Gst
Hal
Bbbpu
Sls
Ksm

Pls
bbt
Bml
Jmb
Rpp
Jmb
Ptm
Abd
sab
Rmb
Mks
Gsb
Syp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले खसी बोकाको सामुहिक बजारीकरण कार्यक्रम मंगलवारदेखि सुरु गरेको छ ।
पहिलो दिन गढवा गाउँपालिका वडा नम्बर ८ को कोईलाबास, मुसिनाका र खबरीनाकाका ३१ जना पशुपालक कृषकहरुको ५ लाख भन्दा भढीको खसीबोका बिक्री भएका छन् । ९ सय ८१ किलो पाँच सय किलोग्राम खसी बिक्री भएको भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिए । कृषकहरुले नै नापतौल गरेर नगद बिक्री गरेका छन् । ३१ जना पशुपालक कृषकहरुले ५ लाख ७ हजार ५५ रुपैयाँ बराबरको खसी बोका बिक्रि गरेको संयोजक शर्माले जानकारी दिए ।
पशुपालक कृषकहरुले पालेका खसी बोकाको उचित मुल्य पाउन र बिक्री गर्न सहजताको लागि गढवा गाउँपालिकाले पशुपालक कृषकहरुले पालेका खसीबोका सामुहिक रुपमा बजारीकरण कार्यक्रम सुरु गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । आर्थिक समृद्धीको लागि साझेदारी कार्यक्रम’भोकालाई एक छाक भोजन होईन जिउने जुक्ति सिकाऔ भन्ने उद्देश्यले गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजनाद्वारा प्रवर्द्धित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा मंगलवार देखी खसीबोका सामुहिक बजारीकरण कार्यक्रम सुरु गरिएको गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिए ।
त्यस्तै मंगलवार गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास,खबरीनाका र मुसिनाकाका पशु पालक कृषकहरुले खसि बोका बिक्रि गरेका छन् । खसीबोका सामुहिक बजारीकरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकामा कृषि र पशु बिकासमा आधारित गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराहीसंगको संयुक्त साझेदारीमा सञ्चालन गरेको परियोजनाको मुख्य उद्देश्य उत्पादन लाई बढाई त्यसमा बिशेष गरेर बाख्रा पालनको क्षेत्रमा बढी केन्द्रित भई व्यवसायीक तर आधुनिकीकरण गरी गाउँपालिका भित्रका महिला हरुलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम गरेको बताए ।
यस्तै उत्पादन संगै बजारीकरणको कार्यक्रम समेत परियोजना राखे अनुसार आज बजारीकरण कार्यक्रमको सुरु गरेको बताउनु भयो ।बजारीकरण गर्न पालिका स्तरीय सहकारी संस्था बनाएको र त्यही मार्फत बिक्री गर्ने बताए । सहकारी संस्था मार्फत खसीबोका,तरकारी,दुध लगायतका उत्पादन भएका सबै सहकारी मार्फत बिक्री गरिने अध्यक्ष पोख्रेलले बताए । कृषि र पशुपालनमा बिशेष जोड दिएको बताउदै क्रेता ल बिक्रेता बाचको बिस्वास समझदारी आवश्यक रहेको बताए । व्यापारी लाई बिस्वासको वातावरण सिर्जना गर्न अनुरोध समेत गरे ।
बजारीकरण कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि तथा ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकीले गढवाको ८ नम्बर वडा पशुपालन कृषकहरुको लागि सबै भन्दा राम्रो ठाउँ भएको बताए । पशुपालक कृषकहरुको लागि भेटनरी डाक्टर, सहितको सेवा कोईलाबास बाट सुरु गरेको बताए । पशुपालक कृषकहरुको माग अनुसार आगामी दिनमा थप सहयोग गर्ने बताए । बजारीकरणका लागि कृषक र व्यापारी इमानदार हुनुपर्ने बताए ।
गढवा गाउँपालिका भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकोले कृषकहरुसंग २० किलो भन्दा कम तौलको खसी ४सय ७० रुपैयाँ प्रतिकिलो, २० देखि ३० किलो सम्मका ५ सय ३०रुपैया प्रतिकिलो, ३० देखि ४० किलो तौल सम्मको ५ सय ४० र ४० किलो भन्दा माथीका बोका ५ सय ५० रुपैया प्रतिकिलोको दरले घरआगनबाटै खरिद गरेको छ। भने बोका ५ य २० रुपैयाँ प्रति किलोको दरले खरिद गरेर बजारीकरण गर्न लागेको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष सोभा रावतले जानकारी दिए ।
मंगलवार गढवाको कोइलाबासमामा भएको खसीबोका सामुहिक बजारीकरण कार्यक्रम सहकारीकी अध्यक्ष ओभा रावतको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा ८ नम्बर वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा ८ नम्बर वडासदस्य राम कुमारी सुनार, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य, पत्रकार चुमा आचार्य, दशरथ घिमिरे, आलोक भावुक,मदाने कोल्ड स्टोर एण्ड मिट सप्लायर्स प्राली सैनामैना ११ सालझुण्डी बिबेक अर्याल, ८ नम्बर वडामा गठित मूल तथा उपहार समुहहरुका सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन उद्यम विकास शाखाकी सहजकर्ता कैलाश चौधरीले गरेका थिए ।

