टेकबहादुर पुन सोमबार, चैत्र ०५, २०८०

दाङ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नमवर ७ को वडा सम्मेलन सम्पन्न भएको छ ।

नेपाली कँग्रेस वडा समितीको आयोजनामा वडा सम्मेलन सँगै दोस्रो चरणको ‘समुदायमा काँग्रेस’ अभियानको समापन गरिएको छ । वडा सभापती शालिकराम चौधरीको शभापतित्व एबम् नेपाली काँग्रेस प्रदेश १ ‘ख’ का सभापति दिनेश गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरीले स्थानियको सहयोगमा दत्तचित्त भएर लाग्न अनुरोध गरे । पार्टीको जग भनेकै इकाई समिती रहेको भन्दै उनले हरेक तवरमा स्थानियबासीको सहयोगमा जुट्नुपर्ने र जसले गर्दा सँगठन बलियो हुने बताए । माओबादीले सरकारको गठबन्धनमा धोका दिएर प्रतिपक्षमा बसेको र त्यसतर्फ चिन्तित नभई सँगठन बिस्तारमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य तथा ७ नम्बरका वडाध्यक्ष मोहन गिरीले भेलामा उठेको जिज्ञासालाई मेट्दै नदिजन्य पदार्थ निकासीका लागि आफू लागीपरेको बताए । भेलामा नदिजन्य पदार्थ निकास दिनुको साटो नगरपालिकाले गाडी छोप्दै कारबाही गरेको प्रती आक्रोश पोखेका थिए । हसनापुर निवासी मन्साराम चौधरीले आफ्नै जग्गामा नदि बगेको र त्यहीबाट घरको प्रायोजनका लागि बालुवा पनि लिन नपाएको प्रती गुणासो पोखे । ‘नदिजन्य पदार्थ सबलाई आबस्यक हो, लिन पाउनु पर्यो नि चौधरीले भने-नगरपालिकाले रोक्ने मात्रै गर्ने होकि! निकास पनि दिने हो?’

नगरपालिकाका प्रबक्ता समेत रहेका मोहन गिरीले कार्यपालिका बैठकमा सबैलाई सहज हुनेगरी ठेली प्रयोगमा लिएर नदिजन्य पदार्थ निकासी गर्नुपर्ने निर्णय गरेपनि कार्यान्वयनमा आउन नसक्दा नगरबासीले दुख पाएको बताए । उनले उपभोक्ताले नदिजन्य पदार्थ प्रयोग गर्न पाउनुपर्ने र त्यसको लागि आफू लागिपरेको बताए ।

कार्यक्रममा समुदायमा काँग्रेस अभियानका लागि ७ नम्बरमा खटिएका जिल्ला प्रतिनिधि गोबिन्द रेग्मीले यस वडामा कार्यक्रम गर्दै जाँदा काँग्रेसको उल्लेख्य मात्रामा सँगठन बलियो पाएको बताए । घराएसी कामको बाबजुद पनि यहाँका वडाबासीहरु बिहान, साँझ जतिखेरपनि उपस्थित भएको प्रति खुसी ब्यक्त गरे ।

क्षेत्रिय सदस्य किरण बिक्रम शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सँचालन ईकाइ सदस्य टेकबहादुर पुनले गरेका थिए । कार्यक्रमको अबसरमा गोरक्षकर्मी टेकबहादुर पुनलाई वडा प्रबक्ताको जिम्बेवारी सुम्पिएको वडा सभापती शालिकराम चौधरीले जनाएका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]