
Rgp1
Unsku
Rgp
Sgr
Srbpu
Ggp
Pbu
Lnp
pku

Ssm
Bbbpu
Wsp
Rgs
Sbs
Tsm
Hal
Vor
Rsb
Bbu
Sls
Rgu
Ksm
Pvg
Gst
Ggd
Rgu
Asm
nsb

Pls
Jmb
bbt
Jmb
Ptm
Syp
Bml
sab
Rpp
Rmb
Gsb
Mks
Abd
रौतहट । रौतहटको परोहा नगरपालिका वडा नम्बर ९ खापचोकस्थित शिव मनी ट्रान्सफरमा सञ्चालकलाई गोली हानेर रकम लुट्नेहरु शनिबार पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ परेका तीनैजना नेपालको सीमावर्ती क्षेत्रका भारतीय नागरिक हुन् र उनीहरु हतियारसहित मोटरसाइकल चढेर नेपाल आएको पाइएको प्रहरीले जनाएको छ ।
यस्तै १९ बर्षका मुनिष भन्ने मुनिफ कुमार यादव, १८ बर्षका राधा भन्ने राजकुमार पासवान र २० बर्षका चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहले तीन महिनादेखि उक्त मनी ट्रान्सफर वरपरको क्षेत्रको निगरानी गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुले शुक्रबार मनी ट्रान्सफर सञ्चालक २६ वर्षका नितेश साहलाई गोली हानेर १ लाख २५ हजार रुपैयाँ लुटेका थिए ।
त्यस्तै उनीहरु बिहारको चैनपुरबाट बीआर ०६ सीएल ९७९६ मोटरसाइकल चढेर हतियारसहित नेपाल आएका थिए । प्रहरीका अनुसार मुनिफकुमार यादव र चन्द्रभान सिंह पेस्तोल लिएर मनी ट्रान्सफर रहेको भवनमा पुगेका थिए भने राजकुमार खाली हात प्रवेश गरेका थिए ।
यस्तै उनीहरुले काउन्टरमा बसेका सञ्चालक साहलाई कब्जामा लिएर कार्यालयमा भएको रकम लिएर निस्कन लाग्दा साहले प्रतिकार गरेका थिए ।
त्यसपछि साहलाई गोली हानेर मोटरसाइकलमा भागेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए । घटनामा घाइते भएका नितेश साहको बाराको परबानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।
त्यस्तै आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वित्तीय कारोबार गर्नेहरु त्रासमा
दिनदहाडै भारतबाट हतियार सहित नेपाल प्रवेश गरेर गोली हानेर लुटपाट गरेको घटनाले सीमा क्षेत्रका सहकारी, मनी ट्रान्सफर सञ्चालक र व्यापारीहरु त्रासमा छन् । खुला सिमानाका कारण आपराधिक मनोवृत्तिका मानिसहरुले एउटा देशमा घटना घटाएर अर्को देशमा लुक्ले जोखिम रहेको छ । ‘खुला सिमानाका कारण कुन व्यक्ति कहाँबाट नेपाल प्रवेश गर्छ भन्न गाह्रो छ’, एसपी श्रेष्ठले भने, ‘भौगोलिक अवस्थाका कारण र सुरक्षा युनिट नभएको ठाउँबाट छलेर यस्ता अपराधीहरु नेपाल तर्फ प्रवेश गरेको देखिन्छ ।’
त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा सतर्कता बढाएको उनले बताए । ‘हिजोको घटना दुःखद थियो तर हामीले तत्कालै प्रहरी परिचालन गरेर घटनामा संलग्न सबैलाई पक्राउ गरेका छौं’, एसपी श्रेष्ठले भने, ‘उपरीक्षक श्रेष्ठले भने ‘स्थानीय जनता तथा सुरक्षाकर्मी दुवैको सहयोगमा लुटपाटमा संलग्नलाई पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाएको एसपी श्रेष्ठले जानकारी दिए ।’
