
Sgr
Rgp
Lnp
Pbu
Srbpu
Unsku
pku
Rgp1
Ggp

Wsp
Rgs
Gst
Ssm
Sbs
Ksm
Sls
Rgu
Bbu
Ggd
Hal
Bbbpu
Vor
Rsb
Rgu
nsb
Tsm
Pvg
Asm

Ptm
Rpp
Syp
Mks
Pls
bbt
Bml
sab
Gsb
Rmb
Abd
Jmb
Jmb
दाङ । गढवा गाउँपालिका वडा नम्बर ८ कोईलाबासबाट ८ किलोमिटर पश्चिममा अवस्थित ३६ घरधुरीको बसोवास रहेको खबरीनाकामा नेपाल टेलिकमको टावर नहुँदा त्यहाँका नागरिकहरु संचारबिहिन भएर निकै सास्ती खेपेको बताएका छन् ।
सबैजसो घरहरुमा एक÷एक थान भारतिय र नेपाली सिमकार्ड राखेका छन् तर भारतिय सिमबाट नेपालमा रहेका अफन्त ईष्टमित्रलाई फोन गर्न बिवस भएको बताउँछन् । नेपाली नागरिक भएर पनि भारतिय सिमको प्रयोग गरी नेपालमा रहेका ईष्टमित्र र आफन्तलाई फोन गर्नु परेको छ । नेपाल टेलिकमले टावर नबनाईदिदा निकै सास्ती भएको छ ।
सरकार हामीलाई फोन गर्न टावर चाहियो ?
गढवा–८ को दुर्गम बस्ति खबरीनाका बस्ने सावित्री घर्तिले भन्नुभयो । श्रीमानले बिदेशको खाडीमा काम गर्नुहुन्छ, उहाँसंग भिडीओ कल गर्न कि त भारतमा जानुपर्छ कि त गढवा, लमही र घोराहीमा रहेका आफन्तकहाँ पुग्नुपर्छ । श्रीमानको डिउटीको समय मिलाउन उतै रात बसेर भिडीओ कलमा कुरा गरेर गाडीमा फर्किनु पर्छ, गढवा पुग्न मात्र कोईलाबास सम्म २ घण्टा पैदल र कोईलाबासबाट १ सय ७० रुपियाँ भाडा लाग्छ–सोहि गाउँ निवासी पुष्पा कुमारी बुढामगरले भन्नुभयो, हामीलाई सास्ती भो सरकार हामीलाई टेलीकमको टावर चाहियो ।
त्यस्तै सोहि गाउँका चन्द्रबहादुर बुढा मगर सामुदायिक वनका अध्यक्ष हुनुहुन्छ । सामाजिक काममा अग्रसर हुँदा फोन गरिरहनु पर्छ, आजको युगमा पनि अर्काको देशमा पुगेर नेपालका कार्यालयहरु र आफन्तलाई फोन गर्नुपर्छ । संचार सेवाबाट बन्चीत हुनुपर्दा राज्यले हेपेको महसुस भएको छ–उहाँले भन्नुभयो । नेपाली सिमबाट फोन गर्नुपरेमा कि त डेढघण्टा पैदल हिडेर कोईलाबास जानुपर्छ कि त सवा घण्टा हिडेर आम्सुते डाँडा र रानीपोखरी लेकमा उक्लिनु पर्छ । अन्यथा भारतिय सिम नै प्रयोग गर्नुपर्छ–सोहि गाउँकै बिद्यालयका शिक्षक हिमा बुढाले भन्नुभयो ।
युद्धकालमा अहिलेका प्रधानमन्त्री पनि यो गाउँमा आएका हुन । अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुनले पनि भात खाएकै हुन् । हाम्रै दाङका मेटमणि चौधरीलाई पनि जिताएर पठाएका हौं । चुनाव आउँदा नेताहरु घरघरै भोट माग्न आउँछन् तर जितेर गएपछि हाम्रा समस्या सुन्दैनन् । पटक–पटक नेपाल टेलीकमको टावर माग गर्यौं तर मागको संबोधन भएन–गढवा ८ खबरीनाका निवासी कविता बुढा मगरले आक्रोस ब्यक्त गनुभयो, हामी नेपाली भएर पनि नेपाली भएको अनुभूती छैन । हाम्रा कुरा कुनै नेताले सुनेनन्, संचारमन्त्री दाङकै हुनुहुन्छ रे त्यहाँसम्म पत्रकारले कुरा पुर्याईदिनु परो–सरकार हामीलाई टेलीकमको टावर चाहियो ।
गढवा–८ खबरीनाकाका ३६ घरधुरीका नागरिकहरु घरमै बसेर नेपाल वा बिदेशमा फोन गर्नुपर्दा भारतिय सिमको प्रयोग गरी महंगो चार्ज तिर्न बाध्य छन् । गाउँका प्रत्येक घरका २÷३ जनाका दरले बैदेशिक रोजगारीमा खाडी र तेश्रो मूलूकमा कार्यरत छन् तर सबैले भारतीय सिमकार्ड प्रयोग गरी आफ्नो परिवारसंग संचार सम्पर्क गर्छन् । आजको २१ औं सताब्दिमा पनि टेलिकमको टावर नभएर संचारबिहिन हुनुपर्दा त्यहाँका नागरिकहरुले सास्ती त खेपैकै छन् नेताहरु र प्रशासकहरुलाई सत्तोसराप गर्न पनि बाध्य छन् ।
खबरी नाका जस्तै गढवाको घङराल नाका, भौंरीसाल नाका राजपुरका गुरुङनाका, सुकौली, सिरीया, पटौली, बिसपोखरी, बरवा, कल्याणपुर, सुनपथ्री, डग्मारा र अठबरुवा नाकाहरुमा बस्ने नेपाली नागरिकहरु टेलीकमको टावर नहुँदा भारतीय सिम प्रयोग गरेर बिदेशमा बस्ने घरपरिवार, नेपालका इष्टमित्र, आफन्त र कार्यालयहरुमा फोन गर्न बिवस छन् । आजको युगमा पनि संचार सेवाको पहुँचबाट टाढा हुनुपर्दा नेपाली सिमानाका रक्षक नाकाबासीहरुको पिडा र दुर्भाग्य हो । यस बिषयमा संचारमन्त्री र नेपाल टेलीकमको तत्काल ध्यान जानु जरुरी देखिन्छ ।

