
pku
Unsku
Ggp
Pbu
Srbpu
Rgp1
Sgr
Lnp
Rgp

Bbbpu
Asm
Bbu
Pvg
Rgs
Gst
Rsb
nsb
Rgu
Ssm
Hal
Ggd
Wsp
Tsm
Rgu
Sbs
Sls
Vor
Ksm

Syp
sab
Mks
Jmb
Pls
Ptm
Rmb
bbt
Bml
Rpp
Gsb
Jmb
Abd
दाङ । गोरक्षपात्र देबता सिद्धरत्ननाथ दाङ देबिपाट महायात्राको तयारी तिब्र बन्दै गएको छ ।
माहायात्राको समय नजिकिदै गर्दा यात्रालाई भब्य र ब्यबस्थित बनाउन बिभिन्न उपसमितिको कार्य प्रगतिको बिषयमा समिक्षा गरिएको छ । महायात्रा मुल समितिका सयोजक महन्त सुरतनाथ योगीको अध्यक्षतामा बसेको बैठकमा उपसमितिका सयोजकहरुले हाल सम्मको प्रगतिबिबरणको बारेमा अबगत गराउनु भएको थियो ।
बिहिबार बसेको बैठकले यात्रा प्रस्थानको तालिका सार्बजनिक गरेको छ भने साथै थप एक उपसमिति गठन गरेको छ । तालिका अनुसार अप्रील पांच तारिख अर्थात चैत्र २३ गते साझ शुक्रबार दाङघोराहीको सिद्धरत्ननाथ मठ चौघेराबाट बिशेष तामझामका साथ रथयात्रा सहित महायात्राको प्रस्थान शुरु हुनेछ । चौघेराबाट शुरु भएको यात्रा घोराहीउ पमहानगरपालिका अन्र्तगत पर्ने चौपट्टामा केही समय पुजा आरधान र बिश्राम पछि लमहीका लागी प्रस्थान गर्ने छ ।
त्यस्तै २३ गते देखि २७ गते सम्म पाँच दिन गोरक्षपात्रदेबता सहितको यात्राको टोलीले लमही नगरपालिका ६ देउपुर गोरक्षधाममा पाँच चदिनको बसाई हुने छ । सो अबसरमा देउपुरमा पाँच दिनसम्म बिभिन्न आध्यातमिक तथा सास्कृतिक भजन कृतन कार्यक्रम हुने छ ।
यसैगरी २८ गते देउपुरबाट कोइलाबासको लागी यात्रा प्रस्थानहुने छ । साबिकको पुराना बिश्राम स्थलजमुनीबासमा एकछिनको बिश्राम पछि साझ कोईलाबासमा एक रात बिश्राम पछी,चैत्र २९ बिहान ४ बजे कोईलबासबाट भारतको जनकपुरको लागी यात्राको प्रस्थान हुने छ । २९ र ३० गते जनकपुरमा बिश्राम हुने छ । बैशाष १ गते पंचमी तिथि शनिबारका दिन जनकपुरबाट देबिपाटनका लागी बिशेष तामझाम सहित गोरक्षपात्रदेबताको रथयात्रा सहितको महायात्रा प्रस्थानहुने छ।,नयाँबर्ष २०८१ बैशाष १ गते बिहान ९ बजेसम्म देबिपाट पुगीने कार्यतालिका रहेको छ भने बैशाष ६ गते सम्म देबिपाटको बसाइृपछि ६गतेको रात्रिकालिन समयमा देबिपाटबाट पुन रत्ननाथ मन्दीर चौघेराको लागी फिर्ती हुने कार्यक्रम रहेको छ ।
त्यस्तै सात गते पुनः रत्ननाथ मन्दिर चौघेरामा पात्रदेबता सहितको टोली आईपुग्ने र ८ गतेका दिन कार्यक्रमको समापन गरिने मुलआयोजक समितिका सदस्य सचिब डाक्टर गोबिन्द आचार्यले जानकारी दिए । यस्तै बैठकले डाक्टर भोलानाथ योगिको सयोजकत्वमा ज्ञानमंच उपसमिति गठन गरेको छ । जसको अन्य सदस्यहरुमा नागरिक समाजका सयोजक निम बहादुर थापा,जागेश्वर घिमिरे, दामोदर पान्डेय,योगमाया शाही, सोलोचना गीरी र बिन्तीराम यादबलाई सदस्यमा मनोनयन गरेको छ ।
यसैगरी लामो ईतिहास बोकेको दाङ देबिपाटन यात्राको बिषयमा आम जनमानसलाई जानकारी गराई गोरक्षपात्रदेबता रत्ननाथमन्दीरलाई आन्तरिक तथा बाहयपर्यटकिय गन्तब्य स्थलको रुपमा अघि बढाउने उदेश्यले लुम्बिनी प्रदेश सकारको बिशेष सहयोगमा यो बर्ष रत्ननाथ मन्दीर घोराही चौघेरा देखि देबिपाटन सम्म बर्षेनी पात्रदेबता लगेर जाने पुरानो परम्परालाई यो र्ष उत्सबको रपमा मनाउन थालिएको छ । त्यसका लागी जिल्ला प्रदेश र नेपालभारत बिचका पत्रकारहरुसंग निकट भबिश्यमै अन्तरकृया कार्यक्रमको आयोजना गरिने भएको छ ।
