
Srbpu
Rgp1
Sgr
Lnp
pku
Rgp
Pbu
Ggp
Unsku

Ggd
Sls
Tsm
Rgu
Rgu
nsb
Bbu
Gst
Bbbpu
Sbs
Asm
Hal
Wsp
Pvg
Rsb
Ssm
Vor
Ksm
Rgs

Syp
Pls
Abd
Mks
Rpp
sab
Gsb
Bml
Jmb
Ptm
bbt
Jmb
Rmb
सिन्धुली । सुनकोशी गाउँपालिका वडा नम्बर १ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट भएको छ ।
शुक्रबार आज बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो ।
त्यस्तै विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।
यस्तै बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईँमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो । घटनाको थप अनुसन्धान भइरहेको र विष्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
