
Rgp
Lnp
pku
Ggp
Srbpu
Pbu
Unsku
Rgp1
Sgr

Tsm
Rsb
Ssm
nsb
Rgu
Rgu
Wsp
Ggd
Asm
Bbu
Sls
Gst
Hal
Bbbpu
Sbs
Ksm
Rgs
Pvg
Vor

Rpp
Gsb
Ptm
Jmb
bbt
Mks
Abd
Pls
Rmb
Jmb
Syp
sab
Bml
दाङ । लमहीमा बेबारिसे सिसौका १६ थान गोलिया फेला परेको छ । मङ्गलबार दिउँसो लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा बेबारिसे १ सय १७ क्युफिट सिसौका गोलिया फेलापारी बरामद गरिएको हो ।
गाडीले सालको रुख ढालेको खबर पाएर लमही सब डिभिजन बन कार्यालयका कर्मचारी र कर्रि चैलाही सामुदायिक बन समुहका पदाधिकारीको टोली कमानपुर जँगलतर्फ गएको थियो । सोही समयमा बेबारिसे सिसौका गोलिया फेला परेको कर्रि चैलाही सामुदायिक बन समुहका कोषाध्यक्ष सामसुन गिरीले जानकारी दिए । कसले, किन र कुन नियतले काटेको हो त्यो भन्नसक्ने अबस्था छैन, मेसिन नै प्रयोग गरेर भरखर काटिएको जस्तो देखिन्छ उनले भने ।
यद्येपी गिरीका अनुसार सोहीदिन कमानपुरबाट शब दाँहसंस्कारका लागि काठ आबस्यक परेको भन्ने मौखिक जानकारी आएको थियो । अर्जुनखोला सडक दुर्घटनामा परी मृत्यु भएका बिष्णु बहादुर थापाको अन्त्यष्टी सोहीदिन गरिदै थियो । एकैदिन शबको अन्त्यष्टी र गोलिया फेला पर्नुमा एन्टेष्टीकै लागी काटिएको हुनसक्ने आँकलन गरिएपनि ब्यक्ति ठम्याउन नसक्ने अबस्था रहेको बन समुहकि सचिब सीता डाँगीले बताईन । ‘बनमा जाँदा गोलिया फेला पर्यो, कसले काटेको भन्ने एक्किन हुन सकेको छैन उनले भनिन्-गोलिया बरामद गरि समितीमा राखिएको छ ।’
अन्त्यष्टीकै लागि काटिएको भएपनि ठुला र बढि मात्रामा रुख काट्नु गलत क्रियाकलाप भएको लमही सबडिभिजन बन कार्यालयका बन अधिकृत बिश्वजँग बिश्वकर्माले बताए । ‘अन्त्यष्टीकै लागि काटेको वा त्यसको नाममा अन्य ब्यक्तिले काटे कि त्यसबारे भन्नसक्ने अबस्था छैन अधिकृत बिश्वकर्माले भने-अनुसन्धान हुँदैछ, बनसमुह तथा स्थानियलाई छलफलमा बोलाएको छु ।’ अधिकृत बिश्वकर्माले घाडगड्डीमा कु-काठ छुट्याएर र त्यसैलाई भईपरिका लागि प्रयोग गर्नुको साटो रुखनै काट्ने नजिर बस्नु बनसमुहको पनि कमजोरी रहेको बताए । यस्तो नजिरलाई नियन्त्रण गर्दै बनसमुहलाई सिस्टममा हिँडाउने उनले बताए ।
अन्त्यष्टी, बिबाह तथा ब्रतबन्ध भईपरीका समयमा सामुदायिक बनहरुले काठ उपलब्ध गराउने गर्छन । भईपरीलाई मध्यनजर गरि सेवा सुबिधा प्रदान गर्नु बनसमुहको दायित्वपनि हो । अन्टेष्टीका लागि काठ उपलब्ध गराउनुपर्ने खबर पाएर पनि बनसमुह भने निगरानीमा नजानु नै गलत ठहर हुन्छ । एद्येपी अन्टेष्टीका लागि काठ काट्दैगर्दा बनसुमह निगरानीमा गएको देखिदैन । तसर्थपनि कसले काटेको हो भन्न सक्ने अबस्थाबाट बनसमुह र सब डिभिजन बन कार्यालय चुकेका छन । कतिपय बनसमुहले भईपरिका समयमा आफै खटिगई चाहिने मात्रामा ढलेपडेका काठ काट्न लगाएर सहयोग गरेका उदाहरण छन । निरिक्षणमा नखट्नुनै गोलिया भेटेर बेबारिसेको नाम दिनुपर्ने बाध्यात्मक प्रस्थितीको परिणाम हो ।
एक स्थानिय बुद्धिजीवीका अनुसार खराब नियतले ठुला रुख काटेको हुनसक्ने बताए । नाम नबताउने सर्तमा ती स्थानिय बुद्धिजीवीले भने गलत नियतले बढि रुख काटेका हुन, हामी चितामा शब जलाउँदै छौ, उता अझै रुख काट्दै रहेछन । बेबारिसे गोलिया बरामद गर्नपुगेका लमही सबडिभिजन बन कार्यालयमा कार्यरत बनरक्षक टोप बहादुर वलीले ३ वटा ताजा ठुला रुख काटिएको बताए ।
