Sidha Patra सोमबार, फाल्गुण ०७, २०८०

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले राज्यको निती नियम अनुसार पत्रकारले पाउनुपर्ने पारिश्रमिकमा आफ्नो ध्यनाकर्षण भएको बताउनु भएको छ ।

राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रमलाई दाङको तुलसीपुरमा सम्बोधन गर्दै मन्त्री मास्कीले यस्तो बताउनु भएको हो । राज्यले गर्न नसकेका कामलाई सत्य तथ्य र निष्पक्ष रुपमा जनता समक्ष पुर्याउन पुलको काम पत्रकारले गर्दै आएको बताउनु भएको छ । तथापी मन्त्री मास्कीले पछिल्लो समय राज्य संघीयतामा गएसंगै राष्ट्रिय समाचार समिति पनि संघियतामा गएको बताउनु भयो ।

त्यस्तै उहाँले प्रविधिको विकाससंगै संचारमाध्यममा विकृती पनि मौलाएको जिकिर गर्नु भयो । जसको नियन्त्रण गर्न संघ, प्रदेश सरकार लाग्नु पर्ने बताउनु भयो ।

यस्तै प्रेस यूनियन लुम्बिनी प्रदेशका अध्यक्ष डाक्टर सुदिप गौतमले लुम्बिनी प्रदेश सरकारले ल्याएको संचार नियमावली ऐन त्रुतिपूर्ण रहेको बताउनु भएको छ । यसलाई सच्चाउन सम्बन्धीत निकायलाई ताकेता गरेपनि त्यसको सुनुवाई नभएको बताउनु भयो । त्यस्तै उहाँले प्रदेश सरकारले ल्याएको उक्त ऐनलाई संसोधन गरेर मुर्त रुप दिन आग्रह गर्नु भयो । साथै उहाँले प्रदेश सरकारले टेलिभिजन, रेडिया, पत्रपत्रिकालाई सुचिकृत गर्यो तर अनलाइन मिडियालाई सूचीकृत गर्न बन्द गरेको छ त्यसलाई पनि सुचिकृत गर्नु पर्ने माग राख्नु भयो । मिडियाको विकासका लागि प्रशिक्षण दिन जरुरी रहेको बताउदै प्रशिक्षणका लागि लगानी लगाउनु पर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले राष्ट्रिय समाचार समितिको गरिमा खस्दो क्रममा रहेको बताउनु भएको छ । रासस आफैमा मार्गदर्शक संस्थाको रुपमा परिचय भएको संस्था भएपनि पछिल्लो समय यसको गरिमा घट्दो क्रम रहेको बताउदै उहाँले साशकिय निकायलाई नियन्त्रण गर्ने भूमिकाबाट विचलित हुँदै गएको हो कि भन्ने भान भएको जिकिर गर्नु भयो ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले आमनागरिकले पत्रकारिता र सामाजिक संजालको भिन्नता नछुट्याउदासम्म पत्रकारिता क्षेत्रमा चुनौति थपिदै जाने बताउनु भयो । उहाँले आम नागरिकलाई मुलधारको पत्रकारिता र सामाजिक संजालबिच भिन्न छुट्याउन आग्रह गर्नु भयो ।

त्यस्तै उक्त कार्यक्रममा प्रेस यूनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतम,दाङका अध्यक्ष नारायण खड्का,प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जा,नेपाली कांग्रेस तुलसीपुर नगरसभापति सुरेश हमाल,महिला उद्यमी सपना भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय समाचार समिति तुलसीपुरका प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]