तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, फाल्गुण ०६, २०८०

दाङ । जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीको आयोजना गरेको खुल्ला पुरुष फूटबल प्रतियोगिताको उपाधि युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´ ले जितेको छ।

शनिबार युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `ए´र युनाइटेड लालमटिया फुटबल क्लबकै समूह `बी´ बीच भएको खेलमा समूह `ए´ले समूह `बी´ लाई २-० गाेल अन्तरले हराउँदै उक्त उपाधि जितेको हाे।

प्रतियोगितामा युनाइटेड लालमटिया फुटबल क्लबकाे समूह `बी´ उपविजेता भएको छ । विजेता हुने टिमले २० हजार र उपविजेताले १२ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।

फागुन १ गतेदेखि राप्ती गाउँपालिका -२ लालमटिया स्थित टुडिखेलमा सुरू भएको प्रतियोगितामा राप्ती गाउँपालिका,गढवा गाउँपालिका ,सितगंगा नगरपालिका र लमही नगरपालिकाका गरी जम्मा १३ समूहको सहभागिता रहेको थियो।

विजयी समूहका खेलाडीहरु लाई नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीका अध्यक्ष नारायण शर्माले मेडल,नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

साे अवसरमा बाेल्दै अध्यक्ष शर्माले खेलकुदले युवाहरुको रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभयो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]