धर्मेन्द्र कुमार कुर्मी /कपिलवस्तु शुक्रबार, फाल्गुण ०४, २०८०

कपिलवस्तु । विजयनगर गाउँपालिकाले आगामी बैेशाखदेखि ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएको छ ।

विजयनगरलाई खानेपानी तथा पूर्ण सरसफाई उन्मुख बनाउन ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने भएकाे हाे । खानेपानी तथा पूर्ण सरसफाई युक्त विजयनगर बनाउनका लागि याे अभियानलाई तीव्रता दिएकाे गाउँपालिकाले जनाएको छ ।

विजयनगर गाउँपालिकामा रहेका ७ ओटै वडामा सचेत परिवार परिचय-पत्र लागू गर्ने बारेमा सराेकारवालाहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइ सकेकाे गाउँपालिकाका वास संयाेजक अर्जुन बेल्बासेले जानकारी दिए । उनले बिहिबार गाउँपालिका स्तरीय सराेकारवालाहरुसँग सरसफाई अभियान सञ्चालन र ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्ने सम्बन्धमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताए ।

त्यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले सरसफाईमा अझै हाम्रो समाज धेरै पछाडी परेकाे बताउँदै सबैेले यस सरसफाई अभियानमा लाग्नुपर्ने बताए । उनले ‘सचेत परिवार परिचय-पत्र’ लागू गर्नुपर्नेमा जाेड दिँदै आम नागरिकलाई सचेत गराउँदै स्वच्छ, सफा र सुन्दर विजयनगर बनाउन सबैे सराेकारवालाहरुलाई आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अनुराेध गरे । ३ वर्षभित्र  विजयनगरमा चाैतर्फी रुपमा विकास गरि आमूल परिवर्तन गर्ने उनले दाबी गरे ।

विजयनगर गाउँपालिकाले जारी गरेकाे ‘सचेत परिवार परिचय-पत्र’ मा उल्लेख गरिएको ७ ओटै बुँदाहरुकाे प्रतिबद्धताकाे बारेमा सहभागीहरुलाई जानकारी गराउँदै उक्त बुँदाहरु पालना नगरेमा सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिनुकाे साथै जरिवाना समेत तिराई गाउँपालिकाले कारवाहीकाे दायरा ल्याउने उनले बताए । अध्यक्ष थापाले समाजिक विकास नभएसम्म अन्य विकासका कामले विकास भएको अर्थ नलाग्ने बताउँदै  गाउँपालिका र इच्छुक व्यक्तिको केही लगानीमा ७ सय भन्दा बढी शाैचालय निर्माण गर्ने याेजना रहेकाे बताए । उनले ‘एक घर, एक धारा’ अनुरुप सबैे नागरिककाे घर-घरमा पुग्ने गरि ८ ओेटा ठाउँमा खानेपानी आयाेजना समेत सञ्चालन गरिने प्रक्रियामा रहेकाे अध्यक्ष थापाकाे भनाई छ ।

यस्तै गाउँपालिक प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले विजयनगर गाउँपालिकाले जारी गरेकाे ‘सचेत परिवार परिचय-पत्र’ मा उल्लेख गरिएको ७ बुँदाहरु सबैले पूर्ण रूपमा पालना गर्नैपर्ने बताए । आगामी बैशाखदेखि ती बुँदाहरुकाे पालना नगरे गाउँपालिकाबाट पाउने सम्पूर्ण सेवासुविधा राेक्का गर्ने कार्यविधि निर्माण भइ सकेकाे उनले जनाए । उनले परिचय-पत्रमा उल्लेख गरिएको प्रतिबद्धताहरु पूरा नगरे कुनै पनि सार्वजनिक समिति, उपभोक्ता समिति लगायत पदमा समेत बस्न नपाउने बताए ।

यसैगरी कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार चाैधरी, कार्यपालिका सदस्य मुजीव उर्रहमान, शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले खानेपानी तथा सरसफाई सचेत परिवार परिचय-पत्रका बुँदाहरु माथि सराेकारवालाहरु समक्ष प्रष्ट्याएका थिए । खानेपानी तथा पूर्ण सरसफाई उन्मुख  विजयनगर गाउँपालिका बनाई एक सचेत परिवारकाे परिचय दिन सक्ने वातावरणकाे सिर्जना गर्नुपर्नेमा उनीहरुले जाेड दिए ।

यी हुन् ‘सचेत परिवार परिचय-पत्र’ मा उल्लेख गरिएकाे ७ बुुँदाहरु

१. मेरो घरमा विद्यालय जाने उमेरका सम्पूर्ण बालबालिका विद्यालय गएका छन् ।
२. मेरो घरमा गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच तथा मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुत्केरी गराउने र बालबालिकाले नियमित खोप लगाउनेछन् ।

३. मेरो घरपरिवारमा नियमित चर्पी प्रयोग भएको छ ।
४. मेरो घरपरिवार पूर्ण सरसफाइप्रति प्रतिबद्ध छ। (जस्तै : जताततै दिसा पिसाब नगर्ने, घरपालुवा जनावर बाटोमा नबाँध्ने, जथाभावी फोहर नफाल्ने, सवारी साधनहरु बाटोमा नराख्ने, सडक नाली अवरोध नगर्ने आदि)
५. मेरो घरपरिवारमा बालविवाह तथा बालश्रम हुने छैन ।
६. मेरो घरपरिवारले महिनामा कम्तिमा १ दिन श्रमदान गर्नेछ ।
७. न्यायिक समितिबाट मिलापत्र भए बमोजिम विवादको समाधान र निर्णयको कार्यान्वयन गर्नेछौँ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]