
Asbus
Ksbus
Ksbus
Sdc
Lnp
Ggp
Ggp
Msbus
Rgp


कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि देशैभर ‘लक डाउन’ गरिने भएको छ । मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गतेसम्मका लागि ‘लक डाउन’ गरिएको छ ।कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।‘लक डाउन’को समयमा सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ।सकारको निर्णयअनुसार लकडाउन अवधिभर कोही पनि घरबाहिर निस्कन पाउने छैनन्। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।
