
pku
Lnp
Rgp
Pbu
Srbpu
Ggp
Rgp1
Unsku
Sgr

nsb
Ssm
Rsb
Bbu
Rgs
Asm
Pvg
Hal
Sls
Gst
Ksm
Bbbpu
Wsp
Sbs
Vor
Ggd
Rgu
Tsm
Rgu

Rpp
bbt
sab
Bml
Abd
Syp
Pls
Gsb
Mks
Jmb
Jmb
Ptm
Rmb
नुवाकोट । नुवाकोट उद्योग वार्णिज्य संघ नुवाकोटको आयाेजनामा आयाेजित ८ औं नुवाकोट महाेत्सव २०८० काे अबसरमा भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र (कार्यक्षेत्र नुवाकोट र रसुवा) बिदुर नुवाकोटकाे संयाेजनमा नुवाकाेट पाेल्ट्रि व्यवसायि संघ र नुवाकाेट अण्डा व्यवसायि संघकाे सहकार्यमा नि:शुल्क अण्डा तथा दूध वितरण भएको छ ।
व्यवसायिहरुबाट बजारमा दूध र अण्डाकाे खपत कम हुनेगरेकाे जनगुनासाे आएपछि बजार प्रवर्द्धन साथै दूध र अण्डाकाे महत्व वारे जानकारी दिने उद्देश्यका साथ नि:शुल्क अण्डा तथा दूध वितरणकाे कार्यक्रम महाेत्सव स्थल भित्र राखिएको हो ।
कार्यक्रम उद्घघाटनकाे पहिलाे दिन दुध ३०० लिटर, दाेस्राे दिनमा ३९० र तेस्रो दिन ५१० अण्डा खपत भएको जानकारी विज्ञ केन्द्रका कार्यालय सहयाेगि सुरत बहादुर केसिले बताउनु भयाे । ´´स्थानिय उत्पादन प्रवर्द्धन“का लागि नि:शुल्क रुपमा वितरण गरिएकाे अण्डा तथा दूध वितरणमा दर्शक तथा आगन्तुकहरुकाे सहभागीता दर भने दिनानुदिन बढेकाे जानकारी नेपाल अण्डा उत्पादन संघ जिल्ला कार्य समिति नुवाकोट अध्यक्ष रमेश चित्रकार र नुवाकाेट पाेल्ट्रि व्यवसायि संघकाे सचिव साेम प्रसाद अर्यालले जानकारी दिनु भयाे ।
त्यस्तै वितरण कार्यक्रम अन्तर्गत पशुपक्षि प्रवर्द्धन तथा स्वस्थ दूध अण्डा/मासुकाे खपत,फाईदा, प्रयाेग,उपचार पद्धति र भण्डारण बारे जानकारी तथा सूचना प्रदान गरिने कार्य पनि गरिएको थियाे । महाेत्सव स्थलमा नि:शुल्क रुपमा राखिएको अण्डा तथा दूध वितरण कार्य २ दिनसम्म लगातार राख्ने भनिएकाे भएतापनि जनमासकाे राेजाई,माग र खपतलाई मध्यनजर गरि थप १ दिन गरि ३ दिनसम्म सञ्चालनमा ल्याईएकाे थियाे । सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घघाटन गरिएको उक्त महाेत्सव २०८० माघ २६ देखि फाल्गुन ७ गतेसम्म संचालनमा रहने आयोजकले जानकारी दिएको छ ।
