
Lnp
Srbpu
Ggp
Rgp
Unsku
Pbu
pku
Rgp1
Sgr

nsb
Bbu
Sbs
Rsb
Bbbpu
Tsm
Ggd
Vor
Sls
Asm
Pvg
Ssm
Gst
Rgu
Rgu
Ksm
Hal
Wsp
Rgs

Ptm
Pls
Gsb
Rmb
bbt
Mks
Jmb
Rpp
sab
Jmb
Abd
Syp
Bml
काठमाडौं । अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी अधिकृतले बताए । सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।
त्यसपछि प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । यही विषयलाई लिएर विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी जवानलाई पुरस्कृत गर्नुपर्ने बताउँदै आएका थिए । तर, गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि उनी रुष्ट बनेका थिए । त्यहीबीच उनले राजीनामा पत्र बुझाएका थिए । यद्यपि, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राई, मिरा चौधरी लगायतसँग भएको छलफलपछि राजीनामा रितपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा अघि बढाएको थिएन ।
त्यस्तै यसपछि चन्द अहिले १० दिन बिदामा छन् । विमानस्थलका एसएसपी दिपशमशेर जबराले विमानस्थल प्रहरीले तीन प्रहरीलाई पुरस्कृत गरिएको विषय बाहिर आए पनि त्यसबारे कार्यालयले कुनै निर्णय नगरेको बताए । उनले अनलाइनखबरसँग भने, ‘बाहिर उहाँहरुलाई पुरस्कृत गरिएको भनेर आएको छ, तर उहाँहरुलाई अहिले उपत्यका प्रहरी कार्यालयले सोधपुछ र कारबाहीका लागि त्यहाँ लगेको छ ।’ पहिले पुरस्कृत गर्ने विषय उठे पनि छानबिन समिति बनेर कारबाही सिफारिस गरेका बेला पुरस्कृत गर्ने भन्ने नहुने उनले बताए ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले पनि छानबिन समितिले कारबाही गर्न सिफारिस गरेका बेला पुरस्कृत गरेको भए कारबाही हुने बताए । यद्यपि, पुरस्कृत गरिएकोबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय दुवैले जानकारी नभएको जनाएको छ ।केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल भन्छन्, ‘प्रहरी किताबखानालाई पनि जानकारी गराउनुपर्ने हुनाले उपत्यका प्रहरी हुँदै प्रहरी प्रधान कार्यालयसम्म त्यो विवरण आउनुपर्छ, अहिलेसम्म आएको मलाई जानकारी छैन ।’
त्यस्तै प्रहरी किताबखानाका निर्देशक निरजकुमार खत्रीले पनि पुरस्कृत गरिएको विषय आफूहरु कहाँ नआएको बताए ।अनलाइनखबर
