
Pbu
Unsku
pku
Lnp
Sgr
Rgp
Rgp1
Srbpu
Ggp

Ggd
Sls
Rgu
Bbbpu
Rsb
Rgu
Sbs
Tsm
Vor
Pvg
Hal
Ssm
Ksm
Gst
Asm
Wsp
Rgs
nsb
Bbu

Abd
Ptm
bbt
Syp
Pls
Jmb
sab
Gsb
Jmb
Bml
Rmb
Mks
Rpp
दाङ । फियान नेपाल र खाद्य अधिकार सञ्जाल गढवाले बिहिवार लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालयलाई गढवाका थारु कुमाल समुदायको समस्याका बारेमा ध्यानाकर्षण गराएको छ ।
नागरिकहरुको बाँच्न र खान पाउने अधिकारको पक्षमा सरकार।का निकायहरुसंग समन्वय, सहकार्य र बहस प्ररवी गर्दै आएको फियान नेपालको प्राबिधिक सहयोगमा खाद्यअधिकार सञ्जाल गढवाले सो मन्त्रालयका सचिव उमेश ढुंगानालाई ध्यानाकर्षण पत्र बुझाएको फियान नेपाल लुम्बिनी प्रदेश संयोजक सुरेश कुमार गौतमले जानकारी दिनुभयो ।
गढवा गाउँपालिकाका बिभिन्न बस्तिहरुमा बसोवास गर्ने थारु कुमाल समुदायको पुख्यौली पेशा संकटमा पर्दा उनिहरुको बाँच्न पाउने र खान पाउने अधिकारमा चुनौति आएको भन्दै थारु कूमाल समूदायले माटोका भाँडा गत्पादन, प्रबर्धन र बजारीकरणमा प्रदेश सरकारलाई सहयोग गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाईएको खाद्य अधिकार सञ्जाल गढवाका संयोजक तथा गैरसरकारी संस्था महासंघ लुम्बिनीका सदस्य उमाकान्त पन्तले जानकारी दिनुभयो ।
गढवाको वडा नम्बर ३ स्थित खैराखालमा ५६ घरधुरीमा बसोवास गरेका थारु कुमाल समुदायको पुख्र्यौली पेशा चुनौति र संकट तर्फ जान थालेकोले माटोका भाँडा उत्पादन, प्रबर्धन र बजारीकरणमा समेत सहयोग माग गर्दै लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन मन्त्रालयमा मागपत्र बुझाएर सरकारको ध्यानाकर्षण गराइएको खैराखाल खाद्य अधिकार सञ्जालका अध्यक्ष चुन्नुराम थारु कुमालले बताउनुभयो ।
खाद्य अधिकार सञ्जाल गढवाले स्थानीय सरकारलाई पनि यसअघि ध्यानाकर्षण गराएको बताएको छ । यसका साथै गढवाको वडा नम्बरु ८ कोईलाबासमा रहेको पिउने पानीको संकट र खाद्यान्न समस्या,गढवा ७ को चन्दनपुर,भोजपुर, शान्तीपुर,बिजयपुर र लक्षिनपुर गरि ५ गाउँको झण्डै १२ सय बिगाह जमिन राष्ट्रिय गौरबको आयोजना बड्कापथ सिंचाई सुविधाको सर्भे तथा डिपिआरमा छुटेको र राप्ती नदी तथा खहरे खोलाहरुको कटान, पटान र डुबानका कारण गढवाका कैयौं बस्तिहरु बर्षेनी खाद्य संकटमा पर्ने गरेको भन्दै समस्या समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै आएको बताइएको छ ।
प्रदेश सरकारको ध्यानाकर्षण गराउन फियान नेपाल लुम्बिनी प्रदेशका संयोजक शुरेस गौतम, खाद्य अधिकार सञ्जाल गढवाका अध्यक्ष उमाकान्त पन्त, नागरिक समाज गढवाका उपसंयोजक खगेश्वर शर्मा, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, पत्रकार शिबराज पन्थी, अधिकारकर्मी शुसीला चौधरी र खैराखाल खाद्य अधिकार समूहका अध्यक्ष चुन्नुराम कुमाल लगायत १४ जनाको टोली रहेको थियो ।

