
Pbu
Unsku
Ggp
Rgp
Srbpu
Sgr
pku
Rgp1
Lnp

Hal
Wsp
Rgu
Rgu
Sbs
Vor
Ggd
Rsb
Ksm
Asm
Gst
Tsm
Rgs
Sls
Ssm
Pvg
Bbu
nsb
Bbbpu

Jmb
Rpp
Syp
Ptm
Mks
Jmb
Abd
bbt
sab
Gsb
Bml
Rmb
Pls
दाङ । दंगीशरण गाउँपालिका वडा नम्बर ५ बालापुरका यनबहादुर विश्वकर्मा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य संघद्वारा आयोजित तुलसीपुर महोत्सव २०८० मा सहभागी हुनुभएको छ ।
आफैले आरनमा उत्पादन गरेका सल्यानी खुकुरी, सिरुपाते खुकुरी,हँसिया,फरुवालगायतका सामग्रीहरु उहाँको स्टलमा पाइन्छ । कृषि प्रदान देश भएर होला सायद कृषि औजार तथा खुकुरी निर्माण उद्योगको नाममा रहेको उहाँको स्टलमा महोत्सवमा आउनेहरु नजर पर्ने गरेको छ । तुलसीपुर–६ का मोहन भण्डारीले बिहीवार उक्त स्टलबाट तरकारी काट्ने चुलसी किन्नुभयो । ‘हामी सानो छँदा घरमा तरकारी तथा अन्य वस्तु काट्न प्रयोग हुने कलात्मक हतियार छ, यो । त्यसकारण किनेको हुँ’– उहाँले भन्नुभयो– ‘हाम्रो दैनिक जीवनमा प्रयोग हुने कुटो, कोदालो, खुँडा, हँसियालगायतका स्थानीयस्तरमै उत्पादन भएका औजारहरु रहेछन् । अहिले यस्ता कलात्मक औजारहरु लोप हुँदै गएका छन् । त्यसैले यसको प्रवद्र्धन होस् भनेर खरिदेको हुँ ।’ मेलामा स्थानी उत्पादनको राम्रै व्यापार हुने भण्डारीले बताउनुभयो ।
त्यस्तै महोत्सवमा सामान्यतया घरायसी प्रयोगका सामग्री,लत्ता कपडा,खाद्यान्नलगायतका वस्तुहरुका स्टल छन् । महोत्सवको पूर्व तयारीमा बनाइएको स्टलहरु कम हुने भएपछि आज दोस्रो दिनबाट स्टल थप गर्न थालिएको छ । आयोजकका अनुसार व्यवसायीहरु थपिने क्रम बढेकोले स्टल थप गर्नुपरेको हो । आवश्यकताका आधारमा स्टल थप हुने छन् भने अपेक्षाकृत दर्शक उपस्थित हुने देखिएको छ ।
त्यस्तै दोस्रो दिन चर्चित कलाकारहरु आउने भएपछि दर्शकहरुको उपस्थिति उल्लेख्य रह्यो । महोत्सवमा चर्चित कलाकारहरु गायक रामजि खाँड, मञ्जु भट्टराई तथा हाँस्य कलाकार विष्णु जी पाण्डेले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कलाकार मञ्जु भट्टराईले ‘सिक्री घाँटीमा, भेट्न आउ मया नि रेलिमइ अर्घाखाँचीमा’ बोलको गित गाउँदै दर्शकहरुलाई नाच्न प्रेरित गरिन । त्यस्तै हाँस्य कलाकार पाण्डेले प्रस्तुतीमार्फत छरिएर रहेका दर्शकहरुलाई स्टेचतर्फ आकर्षित गरे ।
‘जिम्माल बा कि छोरी, अँध्यारोमा लाको माया कालि छौकी गोरी ?’ बोलको गित गाउँदै कलाकार राम जी खाँडले उपस्थित अधिकांश दर्शकलाई नचाए । कलाकार खाँडले छलछल पानी गाग्रीमाल गायतका गित गाउँदै दिन ढल्दै जाँदा माहोत भने तताए । त्यस्तै महोत्सवमा अन्य स्थानीय कलाकारहरुले एकल प्रस्तुति राखेका थिए भने दोहोरी गित प्रतियोगिता पनि सञ्चालन भएका थिए । महोत्सवमा तेस्रो दिन पुस्कल शर्मा, सम्झना रणपाल,विष्णु सिंजाली लगायतका कलाकारहरु आउने आयोजकले जानकारी दिएको छ ।
