Sidha Patra बिहिबार, माघ २५, २०८०

काठमाडौं । नुवाकोटमा अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण कसुरमा दुई जनालाई पक्राउ गरेको डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङ छन्। घटना सोमबार राति अन्दाजी साढे १० बजेको हो।

ककनी गाउँपालिका-४ रानीपौवाका ५९ वर्षीय सूर्यबहादुर तामाङलाई सोमबार राति १० बजेतिर फोन आएको थियो। फोनमा बिरामीको उपचार गराउन अस्पताल लैजान पर्‍यो भनिएको थियो।
उनी सवारी चालक हुन्। अस्पताल लैजानुपर्‍यो भन्दै फोन आएपछि उनी आफ्नो बा ६ ज ७७७९ नम्बरको सुजुकी अल्टो गाडी लिएर हिँडेका थिए।

त्यस्तै ककनी-४ काउलेदेखि ककनी जाने सडकबीच एकान्त स्थानमा अचानक दुई जना आइपुगेका थिए। अपरिचित व्यक्तिले बाटो छेकेर सूर्यबहादुरको गाडी रोके र गाडीभित्र छिरे । त्यसपछि सूर्यबहादुरलाई गाडीभित्रै आँखामा पट्टी बाँधेर बन्धक बनाएको डिएसपी खड्काले बताए। दुई जनाले उनलाई ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ।

यस्तै उनीहरूले सूर्यबहादुरसँग फिरौती मागेका थिए। पहिले ठूलो रकम माग गरेकोमा पछि ७ लाखमा छाडिदिने सहमती भएको थियो । फिरौती काठमाडौंमा दिने भन्ने सहमती भएको थियो। सूर्यबहादुरका आफन्तले ७ लाख जुगाड गरेसँगै प्रहरीलाई पनि खबर गरेको थियो।

नुवाकोट प्रहरीले प्रहरी वृत्त बालाजुसँग सहयोग लिएर मंगलबार फिरौती लिन आएका दुई जनालाई पक्राउ गरेको हो। ‘बालाजु प्रहरीको सहयोग लिएका थियौं। फिरौती लिन आएका व्यक्तिलाई पक्राउ गर्‍यौं,’ उनले भने, ‘त्यसपछि बन्धक बनाएको ठाउँमा हामीले पक्राउ परेकै व्यक्तिहरूलाई पैसा पायौं भन्ने सन्देश पठाउन लगाएका थियौं।’

त्यसपछि बन्धक बनाइएका सूर्यबहादुरलाई छाडेर अपहरणकारी भागेका थिए। प्रहरीले यसमा अनुसन्धान गरी संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ । यसमा सूर्यबहादुरलाई बोलाउने व्यक्तिको पनि संलग्नता हुनुपर्ने प्रहरीको आशंका छ।

त्यस्तै बुधबार प्रहरीले उनीहरूलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत नुवाकोटबाट अनुमति पाएको छ।सेतोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]