
Unsku
Lnp
Rgp
Srbpu
pku
Rgp1
Pbu
Ggp
Sgr

Gst
Rsb
Tsm
Wsp
Rgu
Ggd
Sls
Ssm
Rgs
Rgu
nsb
Pvg
Hal
Sbs
Vor
Bbu
Ksm
Bbbpu
Asm

Gsb
Rmb
Jmb
Ptm
Jmb
sab
Bml
Abd
Syp
bbt
Pls
Rpp
Mks
दाङ । बबई गाउँपालिका वडा नम्बर २ सितापुरमा झोलुंगे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश)ले ४६ लाख बजेट बिनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो । उक्त पुलको आईतबार अर्थमन्त्री मास्कीले सिलन्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न निर्देशन दिए । सोही ठाउँमा आवतजावतमा निकै समस्या हुने गरेको भन्दै त्यो समस्या समाधानकालागि आफूले बजेट बिनियोजन गरेर काम अघि बढाएको बताए । बर्षादमा वारपार गर्न नसक्दा विद्यार्थीहरु समेत पढाईबाट बञ्चित हुनुपर्ने अबस्था थियो । विरामी पर्दा पनि वारपार गर्न सकिने अबस्था थिएन । पुल निर्माण भएपछि त्यो समस्या हल हुने मन्त्री मास्कीले बताए ।
त्यस्तै घुरिनडाँडा–ठुलचौर जोड्ने गरि झुलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०÷३५ जना विद्यार्थीहरु नियमित विद्यालय जाने गरेका छन् । पुल निर्माण भएपछि आफूहरु खुसी भएको स्थानीय लिला विकले बताए ।
