
Pbu
Srbpu
Ggp
Sgr
Rgp
Lnp
Unsku
pku
Rgp1

Tsm
Sls
Rgu
nsb
Ssm
Hal
Wsp
Sbs
Ggd
Pvg
Vor
Gst
Rgs
Bbu
Ksm
Rgu
Asm
Rsb
Bbbpu

Jmb
Abd
Pls
Rpp
Gsb
Jmb
Bml
Ptm
Rmb
Mks
sab
bbt
Syp
दाङ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा रुपन्देहीका हेमानन्द शर्मा निर्वाचित हुनु भएको छ ।
संघको शनिबार लमहीमा सम्पन्न भएको पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत निर्वाचित हुनु भएको हो । जसको प्रथम उपाध्यक्ष बाँकेका शालिक सुवेदी,दृतीय उपाध्यक्ष रुपन्देहीका केशव श्रीष मगर,सचिवमा दाङका दिपक भुसाल,कोषाध्यक्ष अर्घाखाँचीका नेत्र प्रसाद भुसाल,सहसचिव सरोज पौडेल,लेखा समिति संयोजक बाँकेका सतिष निरौला गरि २५ जनाको कार्यसमिति बनेको छ ।
निवर्तमान अध्यक्ष भैरव रावलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी (नमूना)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथि केसीले जनक शिक्षा सामग्रीले, साझा प्रकाशनलाई बिचुलियाको काम दिएको हुँदा व्यवसायीहरु मर्कामा परेको हुँदा बिचुलिया प्रविधिलाई हटाउनका लागि आफुले प्रदेश सरकार र केन्द्र सरकारसंग पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
नेपाल पुस्तक तथा स्टेसनरी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष विश्वराज खनालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा संघका केन्द्रीय निवर्तमानअध्यक्ष मनहरी बस्याल, केन्द्रीय पूर्व अध्यक्ष हरिप्रसाद अर्याल,केन्द्रीय महासचिव शिव सागर शर्मा,प्याब्सन लमही नगर कमिटीका अध्यक्ष नारायण भुसाल लगायतकाले बोल्नु भएको थियो ।
त्यस्तै २०३१ सालमा पाल्पा जिल्लामा श्रेष्ठ न्युज एजेन्सी दीर्घ व्यवसायी केदारलाल श्रेष्ठलाई सम्मान गरिएको थियो भने संस्थापक अध्यक्ष तथा कार्यसमिति सम्पूर्णलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट जिल्लामा रुपन्देहीलाई सम्मान गरिएको कार्यक्रमको संचालन निवर्तमान सचिव केशव श्रीष मगरले गर्नु भएको थियो ।

