
Lnp
pku
Pbu
Rgp1
Unsku
Ggp
Rgp
Sgr
Srbpu

Rgs
Hal
Tsm
Rsb
Vor
Ggd
nsb
Bbbpu
Bbu
Ksm
Rgu
Asm
Rgu
Wsp
Sbs
Sls
Gst
Pvg
Ssm

bbt
Pls
Abd
Syp
Jmb
Gsb
Ptm
sab
Bml
Jmb
Mks
Rmb
Rpp
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको बताउनु भएको छ ।
जेष्ठ नागरिकको हक हितका लागि नगरपालिका सधै सकारात्मक छ, उहाँहरुको सम्मानका लागि विभिन्न कार्यक्रम गर्दै जाने उहाँले बताउनु भयो । लमही नगरपालिकाले आजसम्म केही गरेन भनेर सामाजिक संजाल रंगाउनु भन्दा सकारात्मक सल्लाह सुझाव दिन सबैमा आग्रह गर्नु भयो ।
त्यस्तै लमही नगरपालिकाका निवर्तमान प्रमुख कुल बहादुर केसीले लमही नगरपालिकाले धेरै राम्रा कामहरु गरेको भन्दै प्रशंसा गर्नु भयो । त्यस्तै जेष्ठ नागरिकलाई कसरी अधिकार सम्पन्न गराउन सकिन्छ भन्ने कुरामा पनि सबै चिन्तित हुनु पर्ने बताउनु भयो । लमहीमा आयोजित एक कार्यक्रममा बोल्दै केसीले संविधानमै व्यवस्था गरेर कार्यान्वयन गर्न सके मात्र जेष्ठ नागरिकप्रती सम्मान हुने उहाँको धारणा छ ।
जेष्ठ नागरिकका सवालमा नगरपालिका संबेदनसिल हुनु पर्ने लमही नगरपालिकाका निवर्तमान उपप्रमुख देवका बेल्बासेले बताउनु भयो । स्थानीय सरकार वृद्ध अवस्थामा उनिहरुको संरक्षक हुनु पर्छ, उनिहरु जिवित रहँदासम्म सम्मान गर्ने, बेलाबेलामा स्वास्थ्य अवस्थाको चेकजाँच गराउनु पर्छ”- उहाँले भन्नू भयो ।
सरोकारवालासंग अन्तरक्रिया जेष्ठ नागरिकका हक अधिकार सम्बन्धमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक,अपांग,बालबालिका तथा महिलाको हक हितको संरक्षण गर्नका लागि उठेका विषयवस्तु समेटेर पुस्तिका तयार गर्नका लागि समितिलाई जिम्मा दिने निर्णय भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सार्वजनिक यातायात, स्वास्थ्य संस्था, देउखुरी उद्योग वाणिज्य संघ, होटल व्यवसायी, वडा प्रहरी कार्यालय लमही, ट्राफिक प्रहरी लमहीबाट सहभागी हुनु भएका प्रमुख/ प्रतिनिधिहरु विच जेष्ठ नागरिकलाई कसरी अधिकार प्रद्दत्त गर्न सकिन्छ ? के गर्यो भने उनिहरुलाई सम्मान हुन्छ जस्ता विषयमा व्यापक छलफल भएको छ ।
लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, सम्मानित व्यक्ती सोमनाथ पन्थी, लमही नगरपालिकाका निवर्तमान उपप्रमुख देवका बेल्बासे लगायतले बोल्नु भएको थियो । आजको कार्यक्रममा लमही नगरपालिका -१ निवासी वर्षिय ८६ सोमनाथ पन्थीलाई सम्मान गरिएको छ ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका स्तरीय जेष्ठ नागरिक संजालका सचिव दामोदर पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख मेनका खड्काले गर्नु भएको थियो ।
