
nsm
Sssbus1
Gsl
tssbus
ssbus
Ssbus
Sssbus1
Ssbus
Pbu
Ssbus

nsb
Ggd
Rgu
Wsp
Vor
Asm
Rgs
Ksm
Tsm
Rsb
Bbbpu
Gst
Bbu
Rgu
Sbs
Pvg
Hal
Sls
Ssm

bbt
Bml
Rpp
Pls
Jmb
Gsb
sab
Mks
Rmb
Syp
Jmb
Abd
Ptm
दाङ । ब्लड डोनर्स सोसाइटी नेपालले सुरू गरेको मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान देउखुरी आइपुगेको छ।
बुधबार सो संस्थाले आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा रक्तदानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ । आशाका किरण संस्थाको सहकार्य तथा समन्वयमा सो कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलको अध्यक्षतामा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई रगत दान किन गर्ने, यसको फाइदा लगायतका विषयमा सुसुचित गराइएको छ ।
कार्यक्रमको सहजीकरण ब्लड डाेनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, महासचिव अन्जन दवाडी, सल्लाहकार बालचन्द्र पोख्रेलले गरेका थिए । भने कार्यक्रमको सञ्चालन आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेले गरेका थिए ।
ब्लड डोनर्स सोसाइटी नेपालले पहिलो चरणमा देशका २८ जिल्लाका ५० स्थानहरुमा रक्तदान तथा यस सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने लक्ष्य अनुसार हाल २७ जिल्लाका ४१ स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको र अब कपिलवस्तु र नवलपुरमा कार्यक्रम हुने छ । गत पुस ७ गते झापाबाट यो अभियान सुरु गरेको संस्थाले तराई र पहाडका विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरेको संस्थापक अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।
सो अभियान अहिले पश्चिम नेपालको सुर्खेत र दाङको घोराही र राप्तीमा कार्यक्रम सम्पन्न गरि भोली कपिलवस्तुमा कार्यक्रम गर्ने छ भने माघ २१ गते चितवनमा पुगेर भव्य समारोहका बीच अभियानको समापन हुने छ । स्थानीय तह, सामाजिक अभियन्ता, नगरपालिका र विभिन्न संघसंस्था सँग समन्वय गरी अभिमुखीकरण कार्यक्रम र सम्भव भएको स्थानमा रक्तदान कार्यक्रम पनि गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न कलेजका विद्यार्थीलाई सुसूचित गराउने कार्य भइरहेको अधिकारीले बताएका छन् ।
‘रगतको अभाव भइरहेको अहिलेको समयमा ‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ युवामा सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरेको र यसले रगत अभावको समस्यामा केही सहयोग गर्ने अपेक्षा आफुहरूले राखेकाे अधिकारीले बताएका छन् ।

