
Srbpu
Lnp
Sgr
Unsku
Rgp1
Rgp
Ggp
pku
Pbu

Wsp
Rsb
Gst
Rgu
Sls
Ggd
Ksm
Ssm
Hal
nsb
Rgu
Sbs
Asm
Vor
Bbbpu
Bbu
Pvg
Rgs
Tsm

Jmb
Jmb
Syp
Ptm
Rpp
Mks
Rmb
Bml
sab
Gsb
Pls
bbt
Abd
दाङ । देउखुरीको लमही जेसीजले शहीद दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
लमही जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी मुकेश चौधरीको अध्यक्षता एवम कार्यकारीणी उपाध्यक्ष जेसी सुमन शर्मा ढकालकाे संयोजकत्वमा मंगलबार साँझ ६ बजे लमही बजारकाे सनलाइट चोक जेसी धाराको अगाडी दिप प्रज्वलन कार्यक्रम गरेको हो।
त्यस्तै ज्ञात तथा अज्ञात शहीदलाई सम्झी मौन धारण सहित दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएकाे लमही जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी मुकेश चौधरीले जानकारी दिनु भयो। देशभरी नै शहीदहरुको सम्झानामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन,निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ।
कर्यक्रममा जेसी वर्ष २०२४ का अध्यक्ष जेसी मुकेश चौधरी,लमही नगरपालिका वडा नं ५ का वडा अध्यक्ष ओम प्रकाश सुवेदी,कार्यक्रम संयोजक सुमन शर्मा ढकाल,कार्यकारीणी उपाध्यक्ष अंकित खनाल, कानुनी सल्लाहकार सुन्दर केसी,निवर्तमान अध्यक्ष कर्णधार शर्मा ढकाल,महासचिव सरोज पौडेल, उपाध्यक्ष गणेश बुढाथोकी,प्रकाश रेग्मी,गिता चौधरी, कोषाध्यक्ष सुरज प्रसाद अधिकारी,तालिम निर्देशक विदुर शर्मा,मूल्यांकन तथा सुपरिवेक्षक उमाकान्त चौधरी,जेसी प्रवक्ता इन्द्र डि. सी.,पूर्व अध्यक्ष हरि बहादुर कुँवर लागायतका समाजसेवी,बुद्धिजिविको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो।
