
pku
Lnp
Pbu
Srbpu
Rgp1
Rgp
Sgr
Unsku
Ggp

Asm
Hal
Wsp
Pvg
Sbs
Tsm
Bbu
Ssm
Rgu
Gst
Bbbpu
Ggd
Rgs
nsb
Ksm
Rsb
Vor
Rgu
Sls

bbt
Jmb
Ptm
Rmb
Abd
Jmb
Pls
sab
Mks
Bml
Gsb
Rpp
Syp
काठमाडौँ । आज देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरुको सम्मानमा देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा रहेको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि शहीदरुको योगदानको चर्चा गर्दै यहीँ माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा दिवस मनाउने कार्यक्रम जारी गरिएको छ ।
विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिने शहीदहरुको विशेष सम्झना गरिने दिनका रुपमा शहीद दिवसलाई लिइन्छ ।
प्रजातन्त्र,नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।
त्यस्तै यहीँ माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण,नेपाल सरकारका उच्चपदस्थ अधिकारी,जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोली सहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
यस्तै शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनि जनस्तरबाट टिकाटिप्पणी हुने गरेको छ । तर नेपाल राष्ट्रकाका पहिलो शहीद लखन थापा मगरलाई मानिन्छ ।
