
Rgp1
Sgr
Srbpu
Unsku
Ggp
Pbu
Rgp
Lnp
pku

Asm
Ssm
Rgs
Vor
Rgu
Tsm
Gst
Wsp
Rgu
Ksm
Hal
Ggd
Bbu
Bbbpu
nsb
Sbs
Pvg
Sls
Rsb

Ptm
Abd
bbt
Jmb
Rpp
Pls
sab
Mks
Syp
Gsb
Jmb
Bml
Rmb
दाङ । प्रेस चौतारी नेपाल दाङ शाखाले प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर तीन दिनसम्म मनाउने भएको छ ।
शाखाका कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं प्रेस काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भएको बैठकले विस्तारित भेला,रक्तदान र स्थापना दिवस र पुरस्कार वितरण कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
घोराहीमा बसेको पदाधिकारी बैठकले माघ १८ र १९ गते दाङको घोराहीमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ । स्थापना दिवसका अवसरमा माघ २० गते तुलसीपुरमा विस्तारित भेला गर्ने र सोको तयारीका लागि उपाध्यक्ष सुधासुमन ढकालको संयोजकत्वमा कोषाध्यक्ष गोकर्ण पौडेल, सहसचिव एकराज भण्डारी, तुलसीपुर नगर कमिटी अध्यक्ष वसन्त परियार र महिला विभाग संयोजक दिप्तीशिखा चौधरी सदस्य रहेको तयारी समिति समेत गठन गरेको छ ।
त्यसैगरी दोस्रो दिन माघ २१ गते लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष दशरथ घिमिरेको संयोजकत्वमा देउखुरीको लमहीमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थापना दिवसको दिन माघ २२ गतेका दिन स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम घोराहीमा गरी मनाउने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि जिल्ला सचिव किरण गौतम संयोजक,सहसचिव चन्द्रप्रकाश नेपाली र कार्यसमिति सदस्य महेश बस्नेत सदस्य रहेको तयारी समिति गठन गरेको छ । साथै पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारीको संयोजकत्वमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सह–इन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य रीता लामा,पूर्व अध्यक्ष दुर्गालाल केसी सदस्य र कार्यबाहक अध्यक्ष प्रेमबहादुर राम्जा सदस्य सचिव रहेको पुरस्कार छनौट समिति गठन गरेको छ ।
त्यसैगरी माघ १८ र १९ गते प्रेस चौतारी दाङको आयोजना तथा लुम्बिनी प्रदेश कमिटीको समन्वयमा दाङको घोराहीमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सहभागिता हुनेगरी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको सचिव किरण गौतमले जानकारी दिए ।
बैठकले दुर्घटनामा परी घाइते भएका कार्यसमिति सदस्य अभिषेक डाँगीको शीघ्र स्वास्थ्य लाभको कामना तथा प्रेस चौतारी नेपाल दाङका पूर्व अध्यक्ष दुर्गालाल केसीका श्रद्धेय जेठा दाजु र प्रेस चौतारी नेपालकी साधारण सदस्य विमला के.सी. दाहालको जेठाजु कीर्तिपुर नगरपालिका–५ भत्क्यापाटी, काठमाडौँ निवासी मन बहादुर खत्रीको निधनमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना सहितको शोक प्रस्ताव पारित गरेको छ ।
यस्तै कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशका इन्चार्ज प्रदीप आचार्य, सह–इन्चार्ज टीका बस्नेत, दाङ जिल्ला इन्चार्ज अमृत गिरी, नेकपा (एमाले) प्रेस चौतारी विभाग प्रमुख संगीत बस्याल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सन्तोष दहित, लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष दशरथ घिमिरे, पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी., प्रेस चौतारी नेपाल दाङका सल्लाहकार जेएन सागर लगायतको सहभागिता रहेको थियो ।
