
Sgr
Lnp
Ggp
Rgp1
Rgp
pku
Unsku
Srbpu
Pbu

Asm
Bbu
Rgs
Ksm
Sls
Rsb
Hal
Vor
Gst
Wsp
Rgu
Pvg
Bbbpu
Ssm
nsb
Rgu
Ggd
Tsm
Sbs

sab
Jmb
Syp
Jmb
Bml
Gsb
Ptm
Rmb
Pls
Abd
Mks
Rpp
bbt
दाङ । देउखुरीको गोबरडिहा स्थित अभियान बचत तथा ऋण सहकारी संस्था को पाँचौं बार्षिक साधारणसभा बिविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस्तै बार्षिक साधारणसभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष पोखे्रलले गढवा गाउँपालिकाले सहकारी शाखा स्थापना संगै कर्मचारी ब्यवस्थापन गरेर पालिकाभरका सबै सहकारीहरुलाई नियमन र अनुगमनको दायरामा ल्याउने अभियान सुरु गरेको बताउनु भयो ।
सहकारीहरु प्रति जनताहरुको बिश्वाँस घट्दै जान थालेको अवस्थामा सहकारी अभियानलाई शुसासनयुक्त र पारदर्शि बनाएर जोगाई राख्न जरुरी भएको बताउनु भयो । सहकारीहरु मार्फत कृषि तथा अन्य उत्पादनमुखि कार्यक्रम संचालन गर्नुपर्ने र सबै सहकारीहरु ऐन नियम र सिष्टमबाट चलाउनुपर्ने सुझाव उहाँले राख्नुभयो । अभियान सहकारीले आफ्नो कार्यक्षेत्रमा राम्रा अभियानहरु संचालन गन सफल भएकोमा उहाँले प्रशंसा समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, सहकारी सञ्जाल गढवाका अध्यक्ष बेगम गहतराज, नेपाल पत्रकार महासंघ दाङका सदस्य दुखहरण यादव, बड्कापथ सिंचाई आयोजनाका अध्यक्ष रघुनन्दन चौधरी,नागरीक समाज गढवाका उपसंयोजक खगेश्वर शर्मा र साना किसान सहकारी संस्थाका अध्यक्ष शुसीला चौधरी लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा उक्त सहकारीको सर्बाङ्गीण बिकासका लागि हरेक कोणबाट सहयोग पुरयाउने गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव र संस्थाका लेखा सुपरिबेक्षण समितिका संयोजक दिपक कुमार चौधरीलाई सम्मान गरिएको थियो । कुल एकहजार तिनसय बाउन्न शेयर सदस्यहरु रहेको यस सहकारी संस्थाले रेमिट्यान्स र बचत तथा ऋणको कारोवार गर्दै आएको कार्यक्रममा बताईएको थियो ।
कार्यक्रममा संस्थाका ब्यवस्थापक अरुण कुमार चौधरीले १७ करोड ४९ लाख ६५ हजार बराबरको कारोवारको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष कुलराज कुमालले बार्षिक योजना,कार्यक्रम र संस्थागत प्रगति बिवरण पेश गर्नुभएको थियो । भगवती प्रसाद चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव देव किशोर चौधरीले गर्नुभएको थियो ।



