
Rgp
Lnp
Ggp
Pbu
Unsku
pku
Rgp1
Sgr
Srbpu

Wsp
Ksm
Sbs
Rgu
nsb
Rsb
Pvg
Bbu
Ssm
Rgs
Ggd
Tsm
Hal
Gst
Asm
Vor
Sls
Rgu
Bbbpu

bbt
Syp
Bml
Jmb
Abd
sab
Pls
Mks
Gsb
Ptm
Rpp
Jmb
Rmb
दाङ । क्रेयटिङ पोसिबिलिटिज नेपालको आयोजनामा गत माघ ११ देखि जनता माध्यमिक बिद्यालय गढवाको फिल्डमा महिलाहरुकालागि सुरु गरिएको बिविध खेलकुद कार्यक्रम पुरस्कार तथा साईकिल बितरण संगै शनिवार समापन गरिएको छ । सिपि नेपालका जुनु चौधरीको अध्यक्षता र जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बिपन्न,सिमान्तकृत र मुक्त कम्लहरी बर्गका ३० महिलाहरु र २२ पुरुषहरु गरि ५२ जनालाई निःशुल्क साईकिल बितरण गरिएको महिला संयोजक सरिता चौधरीले जानकारी दिनुभयो । सो अवसरमा तिन दिन सम्म राप्ती, गढवा र राजपुरका महिलाहरु बिच सञ्चालित रिले दौड, कुर्सी दौड, लठ्ठी दौड तथा फुटवल प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई शिल्ड, कप,भाँडाकुँडा र प्रमाणपत्र वितरण गरिएको थियो । कति बस्छौ चुलो चौकोमा–आउ बाहिर रमाउ खेलमा भन्ने मूल नाराका साथ तिन दिन सम्म महिलाहरुको बिचमा बिभिन्न खेलकुद प्रतियोगिता गराईएको संस्थाले जनाएको छ ।
कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादव, गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने र जनता माध्यमिक बिद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव लगायतले बोल्नु भएको थियो । सिपी नेपालले बिपन्न र सिमान्तकृत बर्गका मुक्त कम्लहरीहरुलाई हरेक बर्ष साईकिल वितरण गर्दै आएको छ ।

