
Ggp
Srbpu
Rgp
pku
Sgr
Rgp1
Lnp
Pbu
Unsku

Rgu
nsb
Ksm
Sls
Rgs
Pvg
Rsb
Ssm
Hal
Bbbpu
Gst
Ggd
Bbu
Sbs
Wsp
Tsm
Asm
Vor
Rgu

Syp
Mks
Ptm
Pls
Rpp
Jmb
Jmb
Bml
sab
Abd
Gsb
bbt
Rmb
दाङ । विकासनगर टोल विकास संस्थालाई गुट्खा तथा सुर्तिजन्य पद्धार्थ मुक्त टोल घोषणा गरीएको छ । घोराही उपमहानगरपालीका वडा नं १५ स्थित विकासनगर टोलले नँया अभियानका साथ गुट्खा मुक्त टोल घोषणा गरेको हो ।
आज टोलको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोललाई गुट्खा मुक्त टोल बनाइएको जानकारी दिइएको हो । कार्यक्रममा घोराही उपमहानगरपालीका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले यो अभियान निकै प्रशंसनिय भएको बताउनुभएको हो । उहाँले आफ्नो वडामा रहेका १०९ वटा टोल मध्ये विकासनगर टोलले सधै नँया भिजनका साथ काम गरेको हुदा यस्ता स्वास्थ्य तथा सरसफाईमा महत्व भुमिका खेल्ने गरी काम गर्दा वडाको तर्फबाट सधै सहयोग गर्ने पनि बताउनुभयो ।
यस्तै घोराही नगर सरसफाई संयोजक भानसिङ बुढाले गुट्खाले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले गुट्खा खान नहुने बताउनुभएको छ भने सरसफाईमा पनि समस्या पारेको बताउनुभयो । उँहाले उपमहानगरले पनि यो योजना अघि सार्ने बताउनुभयो । कार्यक्रममा घोराही बनाउ अभियानका संयोजक सविन प्रियासनले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले घोराही बनाउनको लागि बिभिन्न काम मध्ये यो पनि एक भएको हुदा यसलाई जस्तो सुकै अबस्थामा पनि निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै विकासनगर टोल विकास संस्थाले टोल बनाउनको लागि यस टोलका अध्यक्ष बेचन वलीको अथक मेहनत रहेको छ । यसकै फलस्वरुप आज गुट्खा मुक्त टोल बनाउन सफल भएको अध्यक्ष वलीले बताउनु भयो । गुट्खा मुक्त टोल घोषणा कार्यक्रममा घोराही उपमहानगरका सरसफाई अधिकृत लक्ष्मण अधिकारी,स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षतामा तथा उपाध्यक्ष शोभा शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिव दिपक वलीले गर्नु भएको थियो ।
