
Sgr
Pbu
Srbpu
Lnp
Ggp
Unsku
Rgp
Rgp1
pku

Rgu
Bbbpu
Rsb
Pvg
Rgs
Ggd
Hal
Asm
Sls
nsb
Tsm
Sbs
Ksm
Bbu
Ssm
Vor
Gst
Rgu
Wsp

Ptm
Bml
Syp
Mks
Rmb
Rpp
Jmb
bbt
Pls
Gsb
Jmb
sab
Abd
दाङ । गढवा होटल ब्यवसायी संघको दोश्रो अधिवेशन तथा छैठौं बार्षिक साधारण सभा शुक्रवार गढवामा सम्पन्न भएको छ ।
संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनरायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले होटल सुरक्षा र पर्यटन प्रवर्धन संग जोडिएको दोश्रो घर भएको बताउदै यसलाइ स्तरिय तथा आवास सुविधा सम्पन्न बनाउन पहल गर्नुपर्ने बताउनु भयो ।
मुलुकमा सबै ब्यवसायिहरु आर्थिक सन्कटमा परेको अवस्थामा स्थानिय सरकारबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्द्ता गर्नु भयो । गढवामा स्तरिय र आवासको सुविधा सम्पन्न होटल जरुरी रहेको उहाँले बताउदै सबै ब्यवसायिहरु बैधानिक ढङ्गले ब्यवसाय सन्चालन गर्न अनुरोध गर्नु भयो ।
त्यस्तै कार्यक्रममा होटल ब्यवसायी महासंघका केन्द्रिय सदस्य नारायण भुसाल, महा संघ लुम्बिनी प्रदेस कोषाध्यक्ष तथा दाङ देउखुरी होटल ब्यवसायी महा संघका अध्यक्ष दिपेन्द्र पुन, गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, महा संघ लुम्बिनी प्रदेस सदस्य महेश बेल्वासे, तुलसीपुर होटल ब्यवसायी संघका अध्यक्ष इन्द्र बहादुर बस्नेत,दक्षिण देउखुरी अधिकार मन्चका अध्यक्ष देवराज कुवर,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसि, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक र वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुस्पा यादव लगाएतले सुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा राजपुर १ का होटल ब्यवसायी पुर्ण बहादुर क्षेत्री तथा गढवा ६ का होटल ब्यवसायी सुनम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संघका सचिव तिलक पुनले प्रगति प्रतिवेदन तथा बार्षिक कार्ययोजना र कोषाध्यक्ष दुखराअम चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण तिलक पुन र टोपलाल सुवेदी सागर ले गर्नु भएको थियो ।
थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन:
यसै बिच संघको शुक्रवार सम्पन्न बन्दशत्रबाट गढवा स्थित लालिगुरास होटलका सन्चालक राम बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसमा बरिस्ठ उपाध्यक्ष गोपाल प्रसाद पाण्डे, महासचिवमा तिलक बहादुर पुन, सचिव टोपलाल सुवेदी सागर, कोषाध्यक्ष दुखराम चौधरी र सदस्यहरूमा एकबहादुर गाहा मगर, रामकुमारी चौधरी,डेगमान जिसि,सीता पौडेल, पुर्ण बहादुर क्षेत्री, रामप्रसाद चौधरी,पुस्पा यादव र मन्जु चौधरी रहनु भएकी छ । १ जना मनोनित सदस्य कार्यसमितिको बैठकले गर्ने संघले जनाएको छ ।
यसैगरी सल्लाहकारहरुमा संस्थापक अध्यक्ष दयाराम थापा, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, रेशम बहादुर शाही, नारायण ओलि र प्रेस सल्लाहकारमा पत्रकार शिबराज पन्थी रहनु भएको छ ।
