
Ggp
Ggp
Sdc
Ksbus
Asbus
Msbus
Lnp
Rgp
Ksbus


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हालमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम आज सम्पन्न भएको छ।
कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी प्रावधान,भ्रूण पहिचान विरूद्ध कानूनी प्रावधान, मुलुकी ऐन,तथा हिंसा भएमा कहाँ र कहिले उजुरी दिने जस्ता कुरामा सहभागी महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी बरिष्ठ नायब निरिक्षक ऋषि पछाईले सहजीकरण गरेका थिए।
त्यस्तै संविधानमा महिला सम्बंधि हक, न्यायिक समितिको काम कर्तव्य अधिकार, वहु विवाह, दाइजो प्रथाले समाजमा पारेको प्रभाव लगायतका बिषयको बारेमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले सहजीकरण गर्नुभयो।
यस्तै तालिममा सहभागी हरूले महिलाको हक अधिकार सम्बंधि कानूनको बारेमा विस्तृत जानकारी दिएकोमा हार्दिक आभार व्यक्त गर्दै गाँउ घरमा गएर समेत कानूनी प्रावधान सम्बंधि जानकारी दिने सहभागी हरूले प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यस्तै कृष्णनगर नगरपालिकाको आयोजनामा दुई दिने तालिममा चालीस जना महिलाहरूको सहभागी रहेको थियो भने अन्य व्यवस्थापनको भूमिका समेत कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले निर्वाह गर्नु भएको थियो ।
