
Pbu
Rgp
Ggp
Sgr
Lnp
Unsku
Srbpu
Rgp1
pku

Rsb
Asm
Tsm
Rgs
Bbbpu
Gst
Wsp
Ssm
Rgu
Bbu
Sbs
nsb
Sls
Vor
Hal
Ggd
Ksm
Rgu
Pvg

Rmb
Abd
Ptm
Gsb
sab
Syp
Bml
Rpp
Jmb
Mks
Jmb
bbt
Pls
काठमाडौँ । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् ।
त्यस्तै आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा गएनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौडा र गोपीको मतदान केन्द्र सुदूरपश्चिमको धनगढीमा थियो ।
यस्तै कोशी प्रदेशमा २ सिटका तीन दलका पाँच जना उम्मेदवार थिए भने बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार थिए । सुदूरपश्चिमका ३ सिटमा तीन दलका ६ उम्मेदवार थिए ।
त्यस्तै स्थानीय निर्वाचन स्वतन्त्र जितेका उनीहरु दलका उम्मेदवारलाई मतदान गर्न नभएको बुझिएको छ । तीनै जना मेयरले कार्यव्यवस्ता देखाउँदै मतदान बहिस्कार गरेका छन् ।
