
Ggp
Rgp1
Rgp
Pbu
Unsku
pku
Lnp
Srbpu
Sgr

Tsm
Vor
Pvg
Ggd
Rgu
Rgs
Bbbpu
Rgu
Rsb
nsb
Sls
Sbs
Hal
Gst
Wsp
Bbu
Ssm
Ksm
Asm

Gsb
Pls
Syp
Ptm
Jmb
Jmb
bbt
Mks
Bml
Abd
Rmb
Rpp
sab
दाङ । देउखुरीको गढवा स्थित कुमारी बैंक लिमिटेडले एक कार्यक्रमका बिच बुधवार जनता माध्यमिक बिद्यालय गढवालाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
बिद्यालय ब्वस्थापन समितिका अध्यक्ष तथा सामुदायिक बिद्यालय महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष युबराज पोख्रेलको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच पाँच थान कम्प्युटर हस्तान्तरण गरिएको बैंकका प्रबन्धक शरदसिंह पाण्डेले जानकारी दिनुभयो ।
बैंकको सामाजिक उत्तरदायित्व सम्बन्धि बार्षिक कार्यक्रम तथा योजना अन्तर्गत बिद्यालयको आईसिटी कक्षमा ब्यवस्थापन गरी बिद्यार्थीहरुकै हकहितका लागि प्रयोगमा ल्याउने गरी कम्प्युटर प्रदान गरिएको बैंकका प्रबन्धक पाण्डेले जानकारी दिनुभयो । सो बैंकले हरेक बर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत कुनै न कुनै सामाजिक क्षेत्रमा यसरी नै लागानी गर्ने निती रहेको कुमारी बैंक गढवा शाखाका संचालक तथा अपरेशन ईन्चार्ज नरबहादुर बिकले बताउनुभयो । उक्त कार्यक्रममा बिद्यालयका अध्यक्ष पोख्रेल र प्रधानाध्यापक रामसुरत यादवलाई बैंकले कम्प्युटर प्रदान गरेको हो ।
त्यस्तै हालै गढवाको कालाकाटे स्थित जनता माध्यमिक बिद्यालयमा आयोजना गरिएको गढवा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गढवाको जनता माबिले ८ स्वर्ण, १३ रजत र ७ काँस्यपदक प्राप्त गरेको उपलक्ष्यमा बिद्यार्थीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा कुमारी बैंकले सो बिद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको हो । कार्यक्रममा बिद्यालयको गरिमालाई उचो बनाउन खेलकुदको माध्यमबाट उत्कृष्ट स्थान हाँसिल गर्ने २८ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोखे्रलले जानकारी दिनुभयो ।
यस्तै बिद्यालयको कोषमा अध्यक्ष पोख्रेलले आठहजार पाँचसय बढी रकम थप गरी बिद्यार्थीहरुलाई पुरस्कृत गरेको बिद्यालयले जनाएको छ । यसैगरी बिद्यालयलाई कम्प्युटर प्रदानगरी सामाजिक सेवाको उत्कृट कार्य गरेको भन्दै बिद्यालयले कुमारी बैंक गढवालाई सम्मान पत्र प्रदान गरी सम्मान गरेको छ ।
