
Pbu
Srbpu
pku
Rgp
Unsku
Ggp
Sgr
Lnp
Rgp1

Rgs
Rgu
Asm
Rgu
Gst
Bbbpu
Bbu
Ksm
Pvg
Hal
Ssm
Sbs
Wsp
Tsm
Rsb
Ggd
Vor
Sls
nsb

Rmb
Abd
Syp
Bml
Mks
Jmb
Jmb
Ptm
Pls
Gsb
bbt
Rpp
sab
दाङ । देउखुरीको लमही नगरपालिकाले ११ जना जेष्ठ नागरिक सम्मान गरेको छ । लमही नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा आयोजित जेष्ठ नागरिक सम्मान र हक अधिकार सम्बन्धमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रममा समाजमा विशेष कार्य गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।
समानित हुनेमा लमही नगरपालिका-१ का ८३ वर्षीय टोपाराम जैशी, वडा नम्बर २ का ९५ वर्षीय हरिप्रसाद चौधरी, वडा नम्बर ३ का ७४ वर्षीय पुनाराम अधिकारी, वडा नम्बर ४ का ८६ वर्षीय कृपाराम चौधरी, वडा नम्बर ५ का ७८ वर्षीय छविलाल चौधरी, वडा नम्बर ६ क ८९ वर्षीय इन्द्रमणी धिताल, वडा नम्बर ७ का ७४ वर्षीय मोहन बहादुर बुढा मगर, वडा नम्बर ८ का एका कुमारी योगी, वडा नम्बर ९ का ७० वर्षिय धन बहादुर पुलामी रहनु भएको छ ।
त्यसैगरी हिज मंगलबार नगरपालिकामा आयोजित सम्मान कार्यक्रममा अति विशिष्ट दुई जना व्यक्तिलाई पनि सम्मान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मेनका खड्काले जानकारी दिनु भयो । लमही नगरपालिका-१ का ८६ वर्षीय सोमनाथ पन्थी र वडा नम्बर ४ का ८८ वर्षीय दामोदर न्यौपाने सम्मानित हुनु भएको छ ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख मेनका खड्काले गर्नु भएको थियो ।

