
Srbpu
Sgr
Unsku
Ggp
Lnp
pku
Rgp
Pbu
Rgp1

Sls
Gst
Rgu
Rsb
Ggd
Bbu
nsb
Tsm
Vor
Asm
Pvg
Ssm
Rgu
Rgs
Ksm
Wsp
Hal
Bbbpu
Sbs

Rpp
Rmb
Jmb
Syp
Ptm
sab
Jmb
bbt
Pls
Mks
Bml
Abd
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीकाे वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३/११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको हो ।
पालिकामा विद्युतको लो भोल्टेज ,ओभरलोड र विद्युत कटाैतीकाे समस्या समाधान सँगै पालिकालाई क्षमता सहित पूर्ण रुपमा विद्युतीकरण गर्ने उद्देश्यले उक्त सब–स्टेसन निर्माण गर्न लागिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो। एकता नगरमा निर्माण हुने विद्युत् सब–स्टेसनको मंगलबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिलान्यास गर्नु भएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले अब राप्तीमा विद्युतकाे सबै समस्याहरु सधैँका लागि अन्त्य हुने बताउनुभयो । उहाँले पालिकाका कतिपय वडाका पहाडी गाउँका नागरिकहरु अझै पनि अध्यारोमा बस्नुपर्ने बाध्यता रहेको बताउदै सब–स्टेसनकाे काम सम्पन्न भए सँगै त्यो बाध्यताकाे अन्त्य हुने बताउनुभयो।
त्यस्तै १५ महिना भित्र काम सम्पन्न गर्ने गरी एस टी ए एल एम ई जेभी कम्पनीलाई ५० कराेड रुपैयाँमा ठेक्का दिइएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमहीका प्रमुख युवराज रावतले देउखुरी क्षेत्रमा विद्युतकाे समस्या समाधान गर्ने प्रयास भइरहेको बताउदै सब- स्टेसन निमार्णले विद्युतकाे धेरै समस्या समाधान हुने बताउनुभयो ।
यस्तै सब- स्टेसन शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चाैैधरी,वडा नं.४ का वडा अध्यक्ष बिर बहादुर चाैैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, निर्माण व्यावसायि,सरोकारवाला लगायत स्थानीयहरुकाे सहभागी रहेको थियाे ।
