Sidha Patra सोमबार, माघ ०८, २०८०

दाङ । देउखुरीमा बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ।

लमही नगरपालिका -९ रिहार नजिकै गएराति ११ बजेको समयमा बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस दुर्घटना भएको हो । दुर्घटनामा परि गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ याेगी र युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियाे । बसमा ४७ जना सवार रहेकाे २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेकाे प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा अहिले उपचार भैरहेको छ।

त्यस्तै मृतकहरूकाे शव लमही अस्पतालमा राखिएको छ । बसकाे पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले २ जनाकाे घटनास्थलमै मृत्यु हुन पुगेकाे प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]